२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

डा.सीके राउतद्वारा लखाय बाबा मन्दिरको उद्घाटन

Logo
प्रकाशित बिहिबार, चैत्र १६, २०७९

राजबिराज,१६ चैत । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरीको भारदहमा नवनिर्मित राजधोव समुदायका लखाय बाबा मन्दिरको उद्घाटन गर्नुभएको छ।

रामनवमीको अवसरमा भारदहस्थित राजधोव समुदायका लखाय बाबा मन्दिरको उद्घाटन गर्दै अध्यक्ष राउतले जोखिम नलिएसम्म कोही पनि अगाडि बढ्न नसक्ने बताउनु भएको छ ।

सप्तरी निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका अध्यक्ष डा .राउतले आज भोलि सबै आफ्ना छोराछोरीलाई डाक्टर, इन्जिनियर मात्र बनाउन खोज्ने गरेकोले यस्ता प्रवृत्तिबाट समाजको विकास हुन नसक्ने बताउनु भयो ।

हाम्रो जातीय समाजको विकास तब मात्र सम्भव हुनसक्छ जव आ–आफ्नो परिवारमा जो बच्चा जे बन्न, पढ्न चाहन्छ अभिभावकले त्यसमै हौसला प्रदान गर्नु पर्ने उहाँले बताउनुभयो ।

उहाँले इतिहासको महत्व भएपनि सबै थोक नभएको बताउँदै विगत भन्दा पनि आजको समयमा हामी कति गर्न सक्छौँ त्यो महत्वपूर्ण हुने बताउनु भयो । राजधोव जाति अझै शिक्षामा पछाडि रहेकाले शिक्षामा बढी ध्यान दिन जरुरी रहेको अध्यक्ष राउतको भनाइ छ ।

उक्त अवसरमा अध्यक्ष राउतले रिबन काटेर लखाय बाबाको मन्दिरको शुभारम्भ समेत गर्नुभएको थियो ।

समारोहमा प्रदेश सभा सदस्य सतिश कुमार सिंह, हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझी, राजधोग महासंघ नेपाल भारत केन्द्रीय अध्यक्ष बिखो माझी, जातीय मैनजन रघुराज मण्डल, मन्दिर निर्माण समिति अध्यक्ष कपलेश्वर माझी, भारदहका थानपति सहदेव मरर, नेपाल पत्रकार महासंघ सप्तरी पूर्व अध्यक्ष जितेन्द्र खड्गा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

लखाय बाबा मन्दिर उद्घाटन कार्यक्रममा नेपाल र भारतबाट राजधोव स्वजातिय सङ्गठनहरूका मैनजन, थानपति तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको आयोजक समितिका राजकुमार गाईमले जानकारी दिनुभयो ।

वर्षौँको प्रतीक्षापछि भारदह स्थित कङ्कालिनी मन्दिर छेउमा लखाय बाबाको मन्दिर राजधोव समुदायका ब्यक्तिहरूको आर्थिक सहयोगमा निर्माण गरेर मूर्ति स्थापना भएको छ ।

यसअघि आजै बिहान स्वजातिय महिलाहरूले कोसी ब्यारेजबाट कलश भरेर मन्दिरसम्मको पदयात्रा गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]