०७ कार्तिक २०८२, शुक्रबार
24-10-2025 , Fri
×

डा.सीके राउतद्वारा लखाय बाबा मन्दिरको उद्घाटन

Logo
प्रकाशित बिहिबार, चैत्र १६, २०७९

राजबिराज,१६ चैत । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरीको भारदहमा नवनिर्मित राजधोव समुदायका लखाय बाबा मन्दिरको उद्घाटन गर्नुभएको छ।

रामनवमीको अवसरमा भारदहस्थित राजधोव समुदायका लखाय बाबा मन्दिरको उद्घाटन गर्दै अध्यक्ष राउतले जोखिम नलिएसम्म कोही पनि अगाडि बढ्न नसक्ने बताउनु भएको छ ।

सप्तरी निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका अध्यक्ष डा .राउतले आज भोलि सबै आफ्ना छोराछोरीलाई डाक्टर, इन्जिनियर मात्र बनाउन खोज्ने गरेकोले यस्ता प्रवृत्तिबाट समाजको विकास हुन नसक्ने बताउनु भयो ।

हाम्रो जातीय समाजको विकास तब मात्र सम्भव हुनसक्छ जव आ–आफ्नो परिवारमा जो बच्चा जे बन्न, पढ्न चाहन्छ अभिभावकले त्यसमै हौसला प्रदान गर्नु पर्ने उहाँले बताउनुभयो ।

उहाँले इतिहासको महत्व भएपनि सबै थोक नभएको बताउँदै विगत भन्दा पनि आजको समयमा हामी कति गर्न सक्छौँ त्यो महत्वपूर्ण हुने बताउनु भयो । राजधोव जाति अझै शिक्षामा पछाडि रहेकाले शिक्षामा बढी ध्यान दिन जरुरी रहेको अध्यक्ष राउतको भनाइ छ ।

उक्त अवसरमा अध्यक्ष राउतले रिबन काटेर लखाय बाबाको मन्दिरको शुभारम्भ समेत गर्नुभएको थियो ।

समारोहमा प्रदेश सभा सदस्य सतिश कुमार सिंह, हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझी, राजधोग महासंघ नेपाल भारत केन्द्रीय अध्यक्ष बिखो माझी, जातीय मैनजन रघुराज मण्डल, मन्दिर निर्माण समिति अध्यक्ष कपलेश्वर माझी, भारदहका थानपति सहदेव मरर, नेपाल पत्रकार महासंघ सप्तरी पूर्व अध्यक्ष जितेन्द्र खड्गा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

लखाय बाबा मन्दिर उद्घाटन कार्यक्रममा नेपाल र भारतबाट राजधोव स्वजातिय सङ्गठनहरूका मैनजन, थानपति तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको आयोजक समितिका राजकुमार गाईमले जानकारी दिनुभयो ।

वर्षौँको प्रतीक्षापछि भारदह स्थित कङ्कालिनी मन्दिर छेउमा लखाय बाबाको मन्दिर राजधोव समुदायका ब्यक्तिहरूको आर्थिक सहयोगमा निर्माण गरेर मूर्ति स्थापना भएको छ ।

यसअघि आजै बिहान स्वजातिय महिलाहरूले कोसी ब्यारेजबाट कलश भरेर मन्दिरसम्मको पदयात्रा गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]