१४ माघ २०८२, बुधबार
28-01-2026 , Wed
×

जनमत पार्टी मन्त्री पदको भोको होइनः डा.सीके राउत

Logo
प्रकाशित शुक्रबार, चैत्र १७, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१७ चैत। जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आफूहरू मन्त्री पदको भोको नभएको बताएका छन्। शुक्रबार खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएपछि अध्यक्ष डा. राउतले यस्तो बताएका हुन्।

जनमत पार्टी जनताको सेवा गर्नको लागि सरकारमा गएको हो। अब्दुल खानलाई धेरै धेरै बधाई छ। उहाँले राजीनामा दिएर साबित गर्नुभएको छ कि जनमत पार्टी र स्वराजी कुनै मन्त्री पदको भोको होइन, हामी जनताका सेवक हौं। काम गर्ने वातावरण रहने हो भने पदमा बस्ने हो, जनताको लागि कामै गर्न सकिएन र जनताको वाचा पूरा गर्न सकिएन भने हामी त्यहाँ टाँसिरहनुको औचित्य हुँदैन,’ उनले भनेका छन्।

अध्यक्ष डा.राउतले आफूहरूले निर्वाचनको क्रममा जनतासँग शिक्षा, स्वास्थ्य, रोजगारी, किसान आन्दोलनको मुद्दा सम्बोधन, नागरिकता समस्या समाधान, आन्दोलनकारीको मुद्दा फिर्ता र राजबन्दीको रिहाई सहितका कुरा सकारात्मक दिशामा अगाडि बढाउन नसकिएकाले सत्ताकै लागि कुर्सीमा नटाँसिने बताएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]