२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

जसपा बारा जिल्ला अध्यक्ष अजय जेल चलानप

Logo
प्रकाशित सोमबार, चैत्र २७, २०७९

बारा । जिल्ला अदालत बाराले जसपा जिल्ला अध्यक्ष अजय पटेललाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।

आइतबार भएको थुनछेक बहस पछि जिल्ला अदालत बाराका न्यायाधिश प्रकाश राउतको एकल इजलासले यस्तो आदेश दिएको हो ।

पटेलमाथि बाराको परवानीपुरमा रहेको जग्गा कीर्ते गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

पटेलले बाराको परवानिपुर गाउँपालिका ६ मा रहेको १० बिगाह १५ कठ्ठा जग्गामा किर्ते कागज बनाई मोही खडा गरेको भन्दै प्रहरीले मुद्दा दायर गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]