०९ फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
×

बारा-२ मा जनमतको जित सुनिश्चित रहेको कुशवाहाको दाबी

Logo
प्रकाशित शनिबार, बैशाख ०२, २०८०

कलैया : डा.सीके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट बारा–२ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका शिवचन्द्र कुशवाहाले आफू स्थानीय भएका कारण आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन् ।

आफ्नो प्रतिस्पर्धा कसैसँग नरहेको बताउँदै ‘बाहिरबाट चुनाव हारेर बारा आएका उम्मेदवारसंग हाम्रो प्रतिस्पर्धा हुनै सक्दैन’ उनले भने,’बारा-२ का जनताको अधिकारी उम्मेदवार आफू रहेको हो।’ बाहिरबाट आएका उम्मेदवारले चुनाव जित्दैन,जनताले मलाई जिताउने कुशवाहले दाबी गरेका हुन।

शिक्षा ,स्वास्थ्य ,रोजगारी र किसानको समस्यालाई आफ्नो मुख्य चुनावी एजेन्डा रहेको उम्मेदवार कुशवाहाले भने।उनले ‘मधेशमा किसानका समस्याहरु बारे कुनै पार्टीले आवाज उठाउदै ,जनमत पार्टीले मात्रै किसानहरुको हक अधिकारको लागीसमेत आन्दोलन गरेको छ।’ कुशवाहाले हाम्रो पार्टीका सांसदहरुले किसानको समस्यहरु बारे आफ्ना कुरा पटकपटक सांसद भवनमा राख्दै आइरहेको छ।

यस निर्वाचन क्षेत्रबाट दुई पटक जसपाका उम्मेदवारले चुनाव जितेर गएकाहरुले जनताको मतको सम्मान गर्न सक्दैनन् ,जनताले चाहे अनुसारको विकास गर्न सकेको छैनन् ।सडक,पुल पुलेसाका कुरा भए,जनताको दैनिक कामकाजका समस्याहरुमा पनि उनिहरुको सहभागिता कतै देखिएनन् ।त्यसैले जनताहरुले भनिरहेका छ्न ,कि अब यहीँ क्षेत्रका धर्तिपुत्रलाई जिताउने कुशवाहले बताए।उनले आफू दिनरात जनताको सेवामा समर्पित रहेको भन्नुभयो ।

गत मंसिरमा सप्तरी -२ बाट जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले ठूलो मतान्तरले हारेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पाँच दलको गठबन्धनको तर्फबाट उम्मेदवार बनेको छ।त्यसैगरी ,राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट रमेश खरेल ,नेकपा एमालेको तर्फबाट पुरुषोत्तम पौडेलले चुनावी मैदानमा होमिएका हुन।

यतिखेर उम्मेदवारहरुले आफ्ना चुनावी प्रचारप्रसार व्यस्त देखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]