०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

महिलामाथि अभद्र व्यवहार आरोपमा जसपाका दुई कार्यकर्ता पक्राउ

Logo
प्रकाशित सोमबार, बैशाख ०४, २०८०

जनकपुरधाम : धनुषामा एक महिलामाथि अभद्र व्यवहार गर्ने दुई जना युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

धनुषा जिल्लाको कमला नगरपालिका वडा नं. २ सराबे टोलस्थित श्रीमानसँग मोटरसाईकलमा चढेर घर जाँदै गरेकी अन्दाजी २५ बर्ष महिलाको सल तानेर अभद्र व्यहार गरेको आरोपमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका दुई कार्यकर्तालाई पक्राउ गरिएको हो ।

शुक्रबार बेलुकी करिब ७ः३० बजेको समयमा जनकपुरबाट आफ्नो घर कमला नगरपालिका वडा नं. ३ लगमा जाँदै गरेकी महिलालाई सल तानेर अभद्र व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख विश्व खडकाका अनुसार, श्रीमानसँग पछाडी बसेकी महिलालाई कमला नगरपालिका वडा नं. २ बस्ने रामसेवक यादवका अन्दाजी ३५ बर्षिय छोरा सिकेन्द्र यादव, सोही स्थान बस्ने महेन्द्र यादवका अन्दाजी २६ बर्षिय छोरा सुनिल यादवलाई पक्राउ गरिएको हो ।

सराबे टोलभन्दा पश्चिम हुलाकी सडकखण्ड अन्तर्गत श्रीमानसँग मोटरसाईकलमा बसेकी महिलालाई सिकेन्द्र र सुनिलले मोटरसाईकल नजिक लगेर सल तानेको थियो । सल तानेपछि महिलाको घाँटीमा घाउ समेत लागेको छ ।

कमला नगरपालिका वडा नं. ३ बस्ने स्थानीय जयनाथ यादवकी श्रीमतिमाथि अभद्र व्यवहार गरेको हो । पेशाले ईन्जिनीयर रहेका जयनाथ यादवले श्रीमतिको बचाउ र उनीहरुको विरोध गर्दा उनलाई कुटपिट समेत गरिएको छ । महिलाको समेत लुगाकपडा च्यातिदिएको छ भने जयनाथको समेत कपडा च्यातेर कुटपिट गरेको पीडित जयनाथ यादवले बताए ।

बाटोमै हो हल्लाभएपछि स्थानीयहरुले सिकेन्द्र र सुनिलको विरोध गरेको थियो । उनीहरुमाथि जाईलाग्दा प्रहरी पुगेको थियो । ईलाका प्रहरी कार्यालय खजुरी मातहतको प्रहरी चौकी माचि झिटकैयाको प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर ईलाका पठाएको थियो ।

प्रत्यदर्शीहरुलाई अनुसार, सिकेन्द्र र सुनिलले महिलामाथि जबरदस्ती गरेका थिए । उनको नाकको नथिया र सिक्री समेत लुटेको आरोप लगाइएको छ । महिलामाथि अभद्र व्यवहार गरेपछि उनका श्रीमानले बिहानै ईलाका प्रहरी कार्यालय खजुरीमा जाहेरी दिएका छन् ।

तर,जनता समाजवादी पार्टीका धनुषा अध्यक्षसमेत रहेका पशुपति यादवलगाइतका जसपाका नेताकार्यकर्ताहरुको चर्को दबाबपछि पनि ईलाका प्रहरी कार्यालय खजुरीका ईन्चार्ज राजकुमार भट्टले आरोपितलाई नछाडने अडान लिएपछि उनीहरु बाहिरिएका थिए । महिलासँग अभद्र व्यवहार गरेका आरोपित छुटाउनको लागि स्थानीय, जिल्लास्तरका नेताहरुले दबाब दिन थालेका छन् ।

स्थानीयहरुका अनुसार, आरोपित दुवै जना जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्ता हुन् । उनीहरुलाई छुटाउन जसपाका जिल्लास्तरीय नेताहरु सक्रिय भएका छन् ।

दुवै जनामाथि आईतबार नै मुद्दा दर्ता गरी जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान भईरहेको एसपी खडकाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]