०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

महिलामाथि अभद्र व्यवहार आरोपमा जसपाका दुई कार्यकर्ता पक्राउ

Logo
प्रकाशित सोमबार, बैशाख ०४, २०८०

जनकपुरधाम : धनुषामा एक महिलामाथि अभद्र व्यवहार गर्ने दुई जना युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

धनुषा जिल्लाको कमला नगरपालिका वडा नं. २ सराबे टोलस्थित श्रीमानसँग मोटरसाईकलमा चढेर घर जाँदै गरेकी अन्दाजी २५ बर्ष महिलाको सल तानेर अभद्र व्यहार गरेको आरोपमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका दुई कार्यकर्तालाई पक्राउ गरिएको हो ।

शुक्रबार बेलुकी करिब ७ः३० बजेको समयमा जनकपुरबाट आफ्नो घर कमला नगरपालिका वडा नं. ३ लगमा जाँदै गरेकी महिलालाई सल तानेर अभद्र व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख विश्व खडकाका अनुसार, श्रीमानसँग पछाडी बसेकी महिलालाई कमला नगरपालिका वडा नं. २ बस्ने रामसेवक यादवका अन्दाजी ३५ बर्षिय छोरा सिकेन्द्र यादव, सोही स्थान बस्ने महेन्द्र यादवका अन्दाजी २६ बर्षिय छोरा सुनिल यादवलाई पक्राउ गरिएको हो ।

सराबे टोलभन्दा पश्चिम हुलाकी सडकखण्ड अन्तर्गत श्रीमानसँग मोटरसाईकलमा बसेकी महिलालाई सिकेन्द्र र सुनिलले मोटरसाईकल नजिक लगेर सल तानेको थियो । सल तानेपछि महिलाको घाँटीमा घाउ समेत लागेको छ ।

कमला नगरपालिका वडा नं. ३ बस्ने स्थानीय जयनाथ यादवकी श्रीमतिमाथि अभद्र व्यवहार गरेको हो । पेशाले ईन्जिनीयर रहेका जयनाथ यादवले श्रीमतिको बचाउ र उनीहरुको विरोध गर्दा उनलाई कुटपिट समेत गरिएको छ । महिलाको समेत लुगाकपडा च्यातिदिएको छ भने जयनाथको समेत कपडा च्यातेर कुटपिट गरेको पीडित जयनाथ यादवले बताए ।

बाटोमै हो हल्लाभएपछि स्थानीयहरुले सिकेन्द्र र सुनिलको विरोध गरेको थियो । उनीहरुमाथि जाईलाग्दा प्रहरी पुगेको थियो । ईलाका प्रहरी कार्यालय खजुरी मातहतको प्रहरी चौकी माचि झिटकैयाको प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर ईलाका पठाएको थियो ।

प्रत्यदर्शीहरुलाई अनुसार, सिकेन्द्र र सुनिलले महिलामाथि जबरदस्ती गरेका थिए । उनको नाकको नथिया र सिक्री समेत लुटेको आरोप लगाइएको छ । महिलामाथि अभद्र व्यवहार गरेपछि उनका श्रीमानले बिहानै ईलाका प्रहरी कार्यालय खजुरीमा जाहेरी दिएका छन् ।

तर,जनता समाजवादी पार्टीका धनुषा अध्यक्षसमेत रहेका पशुपति यादवलगाइतका जसपाका नेताकार्यकर्ताहरुको चर्को दबाबपछि पनि ईलाका प्रहरी कार्यालय खजुरीका ईन्चार्ज राजकुमार भट्टले आरोपितलाई नछाडने अडान लिएपछि उनीहरु बाहिरिएका थिए । महिलासँग अभद्र व्यवहार गरेका आरोपित छुटाउनको लागि स्थानीय, जिल्लास्तरका नेताहरुले दबाब दिन थालेका छन् ।

स्थानीयहरुका अनुसार, आरोपित दुवै जना जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्ता हुन् । उनीहरुलाई छुटाउन जसपाका जिल्लास्तरीय नेताहरु सक्रिय भएका छन् ।

दुवै जनामाथि आईतबार नै मुद्दा दर्ता गरी जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान भईरहेको एसपी खडकाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]