१० कार्तिक २०८२, सोमबार
27-10-2025 , Mon
×

बारा २ मा उपेन्द्र यादवले आचारसंहिताको धज्जी उडाए ,निर्वाचन आयोगनै मौन

Logo
प्रकाशित सोमबार, बैशाख ०४, २०८०

कलैया : जसपा अध्यक्ष उपेन्द्र यादवले चुनाव जित्ने नाममा बारा २ मा निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन् ।

जसपाका सांसददेखि प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीसम्मले आचारसंहिताको उल्लंघन गर्दै चुनावी गतिविधि गरेका हुन् । सत्तामा रहेर खुलेयाम आचारसंहिताको धज्जी उडाउँदा पनि निर्वाचन आयोग मुकदर्शक भएर बसेको छ ।

जिल्ला आचारसंहिता अनुगमन समिति यहाँको चलन यस्तै रहेछ भनेर चुप लागेर बसेको छ । उपेन्द्रलाई जिताउने नाममा सरकारी संयन्त्र नै निरिह बन्नेगरी कानुन र आचारसंहिताको धज्जी उडाएपछि मतदाता आक्रोशित बनेका छन् ।

सरकारी संयन्त्र ब्यानर हटाउनेमा सीमित छ । चेतावनी दिने र स्पष्टीकरण सोध्ने तहमा हिम्मत गर्न सकेको छैन । जसका कारण उपेन्द्रले मनपरी गरिरहेका छन् ।

आचारसंहिताको उल्लंघन भइरहेको जानकारी भए पनि तराईमा यस्तै अभ्यास चलिआएको बाराका आचारसंहिता अनुगमन अधिकृत हरिकृष्ण बरालले बताए । उनले नियमनको पहल भइरहेको दाबी गरे । जसअन्तर्गतमा सडकमा रहेका तुल ब्यानर हटाइएको उनको भनाइ छ । रोचक कुरा के छ भने अनुगमन सरकारी अधिकारी फिल्डमा समेत जान डराएका छन् । उपेन्द्रले सारा सत्तालाई परिचालन गरेकाले सरकारी अधिकारीले हिम्मत गर्न नसकेको एक सुरक्षा अधिकारीले बताए । भीडभाड गर्न नहुने, भोजभतेर गर्न नहुने, ठूलो पोस्टर र ब्यानर लगाउन नहुने, मतदाता प्रभावित पार्न नहुने घटनाको विपरीत उपेन्द्रले चुनावी क्याम्पेन चलाएका छन् । आश्वासन बाँडिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]