०४ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
×

बारा २ मा उपेन्द्र यादवले आचारसंहिताको धज्जी उडाए ,निर्वाचन आयोगनै मौन

Logo
प्रकाशित सोमबार, बैशाख ०४, २०८०

कलैया : जसपा अध्यक्ष उपेन्द्र यादवले चुनाव जित्ने नाममा बारा २ मा निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन् ।

जसपाका सांसददेखि प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीसम्मले आचारसंहिताको उल्लंघन गर्दै चुनावी गतिविधि गरेका हुन् । सत्तामा रहेर खुलेयाम आचारसंहिताको धज्जी उडाउँदा पनि निर्वाचन आयोग मुकदर्शक भएर बसेको छ ।

जिल्ला आचारसंहिता अनुगमन समिति यहाँको चलन यस्तै रहेछ भनेर चुप लागेर बसेको छ । उपेन्द्रलाई जिताउने नाममा सरकारी संयन्त्र नै निरिह बन्नेगरी कानुन र आचारसंहिताको धज्जी उडाएपछि मतदाता आक्रोशित बनेका छन् ।

सरकारी संयन्त्र ब्यानर हटाउनेमा सीमित छ । चेतावनी दिने र स्पष्टीकरण सोध्ने तहमा हिम्मत गर्न सकेको छैन । जसका कारण उपेन्द्रले मनपरी गरिरहेका छन् ।

आचारसंहिताको उल्लंघन भइरहेको जानकारी भए पनि तराईमा यस्तै अभ्यास चलिआएको बाराका आचारसंहिता अनुगमन अधिकृत हरिकृष्ण बरालले बताए । उनले नियमनको पहल भइरहेको दाबी गरे । जसअन्तर्गतमा सडकमा रहेका तुल ब्यानर हटाइएको उनको भनाइ छ । रोचक कुरा के छ भने अनुगमन सरकारी अधिकारी फिल्डमा समेत जान डराएका छन् । उपेन्द्रले सारा सत्तालाई परिचालन गरेकाले सरकारी अधिकारीले हिम्मत गर्न नसकेको एक सुरक्षा अधिकारीले बताए । भीडभाड गर्न नहुने, भोजभतेर गर्न नहुने, ठूलो पोस्टर र ब्यानर लगाउन नहुने, मतदाता प्रभावित पार्न नहुने घटनाको विपरीत उपेन्द्रले चुनावी क्याम्पेन चलाएका छन् । आश्वासन बाँडिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]