२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

मिर्चैया बजारका पीडितलाई प्रधानमन्त्रीको आश्वासन : पीडितलाई न्याय र दोषीलाई कारवाही हुन्छ

Logo
प्रकाशित बिहिबार, बैशाख २१, २०८०

काठमाडौं । नगरपालिकाले घर भत्काइदिएपछि पीडित बनेका सिरहाको मिर्चैया बजारका स्थानीयवासीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग न्यायका लागि अपिल गरेका छन् । करिब दुई महिनादेखि निरन्तर आन्दोलनमा रहेका मिर्चैया बजारका स्थानीयवासी मंगलबार सिंहदरबारमा प्रधानमन्त्री दाहाललाई भेटेर न्याय निसाफका लागि अपिल गरेका हुन् ।

उनीहरूले गाउँब्लक क्षेत्रमा पर्ने बजारका घरहरू नगरपालिकाले तोडफोड गरेको भन्दै आफूहरूलाई क्षतिपूर्ति दिलाई गलत कार्य गर्नेहरूलाई कारबाहीको माग गर्दै निवेदन बुझाएका छन् । पीडितहरूले आफूहरूलाई तत्काल लालपुर्जा उपलब्ध गराउन पनि माग गरेका छन् ।

पुस्तौँदेखि बसोबास गरी आएको हकभोग तथा स्वामित्वसँग सम्बन्धित प्रमाणहरू भएका घर गैरकानुनी तरिकाले भत्काई बेघर बनाएर अत्याचार गरिएको उनीहरूको गुनासो छ । निवेदन बुझ्दै प्रधानमन्त्री दाहालले स्थानीयवासीलाई चाँडै समस्याको समाधान दिने आश्वासन दिएका छन् ।

प्रधानमन्त्री दाहालले मातहतका निकायसँग बुझेर समस्याको समाधान निकाल्ने र दोषीलाई कारवाही पनि पीडितलाई आश्वासन दिएका हुन् । नगरपालिकाले संघीय सरकारले राजपत्रमा निकालेको सूचनालाई बेवास्ता गरी घर तोडफोड गरेको पनि उनीहरूले प्रधानमन्त्री दाहाललाई बताएका थिए ।

२०७५ पुष २३ गते भूमिसुधार मन्त्रालयले गाउँब्लकका जग्गा नापजाँचका लागि सूचना निकालेको थियो । तर, नगरपालिकाले संघीय सरकारको निर्णय नमानेर कुतर्क गर्दै आएकोसमेत उनीहरूले प्रधानमन्त्रीलाई बुझाएको निवेदनमा भनेका छन् ।

पीडितहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्थामन्त्री रंजिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायतसँग पनि भेट गरी न्यायका लागि माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]