२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

मिर्चैया बजारका पीडितलाई प्रधानमन्त्रीको आश्वासन : पीडितलाई न्याय र दोषीलाई कारवाही हुन्छ

Logo
प्रकाशित बिहिबार, बैशाख २१, २०८०

काठमाडौं । नगरपालिकाले घर भत्काइदिएपछि पीडित बनेका सिरहाको मिर्चैया बजारका स्थानीयवासीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग न्यायका लागि अपिल गरेका छन् । करिब दुई महिनादेखि निरन्तर आन्दोलनमा रहेका मिर्चैया बजारका स्थानीयवासी मंगलबार सिंहदरबारमा प्रधानमन्त्री दाहाललाई भेटेर न्याय निसाफका लागि अपिल गरेका हुन् ।

उनीहरूले गाउँब्लक क्षेत्रमा पर्ने बजारका घरहरू नगरपालिकाले तोडफोड गरेको भन्दै आफूहरूलाई क्षतिपूर्ति दिलाई गलत कार्य गर्नेहरूलाई कारबाहीको माग गर्दै निवेदन बुझाएका छन् । पीडितहरूले आफूहरूलाई तत्काल लालपुर्जा उपलब्ध गराउन पनि माग गरेका छन् ।

पुस्तौँदेखि बसोबास गरी आएको हकभोग तथा स्वामित्वसँग सम्बन्धित प्रमाणहरू भएका घर गैरकानुनी तरिकाले भत्काई बेघर बनाएर अत्याचार गरिएको उनीहरूको गुनासो छ । निवेदन बुझ्दै प्रधानमन्त्री दाहालले स्थानीयवासीलाई चाँडै समस्याको समाधान दिने आश्वासन दिएका छन् ।

प्रधानमन्त्री दाहालले मातहतका निकायसँग बुझेर समस्याको समाधान निकाल्ने र दोषीलाई कारवाही पनि पीडितलाई आश्वासन दिएका हुन् । नगरपालिकाले संघीय सरकारले राजपत्रमा निकालेको सूचनालाई बेवास्ता गरी घर तोडफोड गरेको पनि उनीहरूले प्रधानमन्त्री दाहाललाई बताएका थिए ।

२०७५ पुष २३ गते भूमिसुधार मन्त्रालयले गाउँब्लकका जग्गा नापजाँचका लागि सूचना निकालेको थियो । तर, नगरपालिकाले संघीय सरकारको निर्णय नमानेर कुतर्क गर्दै आएकोसमेत उनीहरूले प्रधानमन्त्रीलाई बुझाएको निवेदनमा भनेका छन् ।

पीडितहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्थामन्त्री रंजिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायतसँग पनि भेट गरी न्यायका लागि माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]