१८ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

जनकनन्दिनी गाउँपालिकामा कालोपत्रे सडकको शिलान्यास

Logo
प्रकाशित शनिबार, बैशाख २३, २०८०

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२३ बैशाख।धनुषाको जनकनन्दिनी गाउँपालिकामा प्रथम पटक गाउँपालिकास्तरीय बजेटबाट कालोपत्रे सडक बन्न सुरु भएको छ ।

शनिबार एक कार्यक्रमबीच गाउँपालिका वडा नं. ६ कठालको बौसी टोलस्थित सडकको शिलान्यास गरेको हो । गाउँपालिका अध्यक्ष दिपिन देव यादव, उपाध्यक्ष कमला सहगल र वडा नं. ६ का वडाध्यक्ष सूर्यदेव यादवले सँयुक्त रुपमा सडक शिलान्यास गरेका छन् ।

जनकनन्दिनी गाउँपालिको आर्थिक लगानीमा गाउँपालिका अध्यक्ष दिपिन देव यादवले कालोपत्रे सडक बनाउन पहल गरेका थिए । गाउँपालिकास्तरबाट प्रथम पटक सो गाउँपालिकामा पीच सडक निर्माण हुन लागेको हो ।

गत बैशाख ११ गते टेन्डर निकाल्दै जनकनन्दिनी गाउँपालिकाले २ किलोमिटर भन्दा अधिक लामो बन्न लागेको कालोपत्रे सडकको लागि राजदेवी आदर्श जेभि कम्पनीलाई ठेक्का परेको हो ।

कमला नदीस्थित निर्माणधीन रहेको झोलुँगे पुलको सडक सँजालसँग जोडदै कठाल टोलको वडा कार्यालयसम्म तत्कालै पीच सडक बन्ने भएको छ । जसको लागि गाउँपालिकाले ३ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

शिलान्यासको लागि वडा नं. १ का वडाध्यक्ष सँतोष गोईत, वडा नं. २ का वडाध्यक्ष अब्दुल मालिक “रखु”, वडा नं. ३ का वडाध्यक्ष विष्णुदेव साह, वडा नं. ४ का वडाध्यक्ष दिलीप यादव, वडा नं. ५ का वडाध्यक्ष अशोक मण्डल वडा नं. ६ का वडाध्यक्ष सूर्यदेव यादवसहित सबै वडाका वडासदस्यहरु, प्राविधिक शाखाका मुकेश कुमार मण्डलसहित स्थानीय बुद्धिजीवी, समाजसेवीहरुको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]