१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

मानव विकासमा केन्द्रित गरेर बजेट विनियोजन गर्न सरकारलाइ डा.राउतको सुझाव

Logo
प्रकाशित मंगलबार, बैशाख २६, २०८०

न्यूजमधेश डेस्क
काठमाडौँ ,२६ बैशाख। जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सरकारले मानवलाई केन्द्रीत गरेर बजेट ल्याउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बजेटका प्राथमिकता र सिद्धान्तबारेको छलफलमा अध्यक्ष राउतले बजेटमा ठूलठूला सडक, विमानस्थल र आयोजनाहरूमा मात्रै मोटो बजेट विनियोजन हुन लागेको भन्दै मानव विकासमा केन्द्रित गरेर बजेट विनियोजन गर्न सुझाव दिए ।

‘सरकारले ‘राष्ट्रिय गौरवका आयोजनामा बजेटको अभाव हुने छैन’ भनेर उल्लेख गरेको छ । तर रोग भोक मेटाउने कुरामा, सामाजिक सुरक्षामा, शिक्षामा, स्वास्थ्यमा भने त्यसरी बजेटको अभाव हुनेछैन भनेर उल्लेख गरेको छैन,’ उनले भने, ‘राष्ट्रिय गौरवका आयोजना भनेका चार लेनका सडक, विमानस्थल, जलविद्युत आयोजनाहरू होलान् । ती पनि बनाउनुपर्छ । तर ती आयोजना बनेपछि प्रयोग गर्ने मान्छेले हो । मान्छे नै नरहे ती राष्ट्रिय गौरवका आयोजना बन्नुको के अर्थ ?’

उनले अहिले पनि शुल्क तिर्न नसकेर विद्यार्थीले आत्महत्या गर्नुपर्ने, पैसा तिर्न नसकेर अस्पतालमा मर्नुपर्ने, शव बन्धक बन्ने, हजारौँ नेपालीहरु भोकभोकै हिड्नुपर्ने अवस्था रहेको भन्दै बजेट ती मान्छेको विकासमा केन्द्रीत गर्न माग गरे ।

‘सडक नबने पनि हुन्छ, तर सरकारले यो यकिन गर्नुपर्छ कि कुनै पनि कुनामा रहेका नेपालीहरूले भोकै मर्नुपर्ने छैन, पढ्न पाउनेछ, स्वास्थ्योपचार पाउनेछ, कम से कम दुई गास खाने कुराको प्रबन्ध छ,’ उनले भने, ‘सडक त्यसपछिको आवश्यकता मात्रै हो ।’

उनले नेपालमा पर्याप्त पूर्वाधार भएको, तर पूर्वाधार विकासको मोडेलमा प्रश्न गर्ने ठाउँहरू रहेको बताए । ‘विद्यालयमा ठूलठूला भवन छन्, तर त्यहाँ पढाउने शिक्षक छैन । विद्यार्थी छैनन् । त्यसैले हाम्रो पूर्वाधार विकासको मोडेल कतै गलत पो छ कि ?,’ उनले भने, ‘यदि क्षमतावान शिक्षक भयो भने उसले रुखको फेदमा बसेर पनि अब्बल विद्यार्थी उत्पादन गर्न सक्छ ।’

उनले बजेट बनाउँदा विदेशमा गएर मजदुरी गरिरहेका नेपालीहरूको तस्बिरलाई अगाडि राखेर, प्रेम आचार्यहरूलाई स्मरण गरेर बजेट बनाउन माग गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]