२७ कार्तिक २०८२, बिहिबार
13-11-2025 , Thu
×

मानव विकासमा केन्द्रित गरेर बजेट विनियोजन गर्न सरकारलाइ डा.राउतको सुझाव

Logo
प्रकाशित मंगलबार, बैशाख २६, २०८०

न्यूजमधेश डेस्क
काठमाडौँ ,२६ बैशाख। जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सरकारले मानवलाई केन्द्रीत गरेर बजेट ल्याउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बजेटका प्राथमिकता र सिद्धान्तबारेको छलफलमा अध्यक्ष राउतले बजेटमा ठूलठूला सडक, विमानस्थल र आयोजनाहरूमा मात्रै मोटो बजेट विनियोजन हुन लागेको भन्दै मानव विकासमा केन्द्रित गरेर बजेट विनियोजन गर्न सुझाव दिए ।

‘सरकारले ‘राष्ट्रिय गौरवका आयोजनामा बजेटको अभाव हुने छैन’ भनेर उल्लेख गरेको छ । तर रोग भोक मेटाउने कुरामा, सामाजिक सुरक्षामा, शिक्षामा, स्वास्थ्यमा भने त्यसरी बजेटको अभाव हुनेछैन भनेर उल्लेख गरेको छैन,’ उनले भने, ‘राष्ट्रिय गौरवका आयोजना भनेका चार लेनका सडक, विमानस्थल, जलविद्युत आयोजनाहरू होलान् । ती पनि बनाउनुपर्छ । तर ती आयोजना बनेपछि प्रयोग गर्ने मान्छेले हो । मान्छे नै नरहे ती राष्ट्रिय गौरवका आयोजना बन्नुको के अर्थ ?’

उनले अहिले पनि शुल्क तिर्न नसकेर विद्यार्थीले आत्महत्या गर्नुपर्ने, पैसा तिर्न नसकेर अस्पतालमा मर्नुपर्ने, शव बन्धक बन्ने, हजारौँ नेपालीहरु भोकभोकै हिड्नुपर्ने अवस्था रहेको भन्दै बजेट ती मान्छेको विकासमा केन्द्रीत गर्न माग गरे ।

‘सडक नबने पनि हुन्छ, तर सरकारले यो यकिन गर्नुपर्छ कि कुनै पनि कुनामा रहेका नेपालीहरूले भोकै मर्नुपर्ने छैन, पढ्न पाउनेछ, स्वास्थ्योपचार पाउनेछ, कम से कम दुई गास खाने कुराको प्रबन्ध छ,’ उनले भने, ‘सडक त्यसपछिको आवश्यकता मात्रै हो ।’

उनले नेपालमा पर्याप्त पूर्वाधार भएको, तर पूर्वाधार विकासको मोडेलमा प्रश्न गर्ने ठाउँहरू रहेको बताए । ‘विद्यालयमा ठूलठूला भवन छन्, तर त्यहाँ पढाउने शिक्षक छैन । विद्यार्थी छैनन् । त्यसैले हाम्रो पूर्वाधार विकासको मोडेल कतै गलत पो छ कि ?,’ उनले भने, ‘यदि क्षमतावान शिक्षक भयो भने उसले रुखको फेदमा बसेर पनि अब्बल विद्यार्थी उत्पादन गर्न सक्छ ।’

उनले बजेट बनाउँदा विदेशमा गएर मजदुरी गरिरहेका नेपालीहरूको तस्बिरलाई अगाडि राखेर, प्रेम आचार्यहरूलाई स्मरण गरेर बजेट बनाउन माग गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]