०६ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

अन्तर्राष्ट्रिय जगत्‌मा नेपालको साख गिर्‍यो : उपेन्द्र यादव

Logo
प्रकाशित शुक्रबार, बैशाख २९, २०८०

जनकपुरधाम,२९ बैशाख । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको घटनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको साख कमजोर भएको बताएका छन् ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उनले सरकारमा रहेकै जिम्मेवार व्यक्ति नै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए ।

अध्यक्ष यादवले भने, ‘देशकै साख र छवि धुमिल भएको नक्कली भुटानी ‌शरणार्थी प्रकरणको निष्पक्ष हुनुपर्छ । यसमा संलग्न कुनैपनि व्यक्तिलाई छाड्नु हुँदैन ।’

उनले संघीय सरकारमा दुई/तीन दिनभित्रै मन्त्री पठाउने र मधेश प्रदेश सरकार पनि विस्तारका लागि होमवर्क सुरू गरिसकेको बताए । यादवका अनुसार संघ र प्रदेशको समेत मन्त्रालय टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्रीले पाएका छन् ।

उनले अलपत्र परेको संघीय निजामती ऐन र प्रहरी समायोजन विधेयक सबैभन्दा जरुरी भएको पनि बताए ।

यादवले भने, ‘निजामती कर्मचारी ऐनका कारण कर्मचारी व्यवस्थापनमा समस्या छ । प्रहरी समायोजन नहुँदा प्रदेशहरूमा सरकारको अनुभूति नै भएन । खाली मन्त्री, गार्ड र झण्डा हल्लाएर सरकार हुँदैन ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]