०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

सिरहाको औरहीमा ग्राम उद्योग भवनको शिलान्यास गरे राज्यमन्त्री यादव

Logo
प्रकाशित शुक्रबार, बैशाख २९, २०८०

न्यूजमधेश डेस्क
सिरहा ,२९ बैशाख । मधेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री सञ्जय यादवले ग्राम उद्योग केन्द्रको शिलान्यास गरेका छ्न।

सिरहाको औरही गाउँपालिका ५ स्थित प्रहरी चौकी नजिकै ग्राम उद्योग भवनको शुक्रबार एक कार्यक्रमबिच उद्योग केन्द्रको लागि भवनको शिलान्यास गरिएको छ ।

मधेशका भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री सञ्जय यादवले आफ्नो संसदीय कोषको बजेटबाट ग्राम उद्योग भवन निर्माण गर्न लागेका हुन् । उक्त भवनको आज राज्यमन्त्री यादव, औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र उपाध्यक्ष रेणु कुमारी यादवले संयुक्त रुपमा शिलान्यास गरे ।

उक्त भवन निर्माणका लागि राज्यमन्त्री यादवले संसदीय विकास कोषबाट २५ लाख रुपैयाँ बजेट छुट्याएको जनमत पार्टीका नेता दिलिप यादवले जानकारी दिए ।

पहिलो चरणमा भवन निर्माण गरिएको छ । पछि उक्त भवनमा उद्योग सञ्चालन गरी स्थानीयलाई रोजगारी दिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]