०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

जनमत पार्टी धनुषाद्वारा चार भातृ संगठनका पदाधिकारी चयन

Logo
प्रकाशित शनिबार, बैशाख ३०, २०८०

जनकपुरधाम,३० बैशाख । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका धनुषा जिल्लामाविभिन्न भातृ संगठनको पदाधिकारी चयन गरेको छ ।

सो पार्टीको युवा जनमत संघको संयोजकमा देव महरा, सहसंयोजकमा धर्मनाथ साह र सहसंयोजकमा इजाज अन्सारीलाई चयन भएका छन् ।

जनमत पार्टीका नेता बीपी साहका अनुसार चिकित्सक जनमत संघको जिल्ला संयोजकमा डा.अशोक साह, सहसंयोजकमा डा.सुनिल महासेठ र सहसंयोजकमा खुशी पाण्डेलाई चयन गरिएको छ ।

त्यस्तै खेलकुद जनमत संघको जिल्ला संयोजकमा ललन यादव, सहसंयोजकमा समसुद्धिन राजालाई चयन गरेको छ भने मुस्लिम जनमत संघको जिल्ला संयोजकमा हारुल नदाफलाई चयन गरेको नेता साहले बताए ।

जनकपुरस्थित जनमत पार्टीको केन्द्रीय सचिवालयमा पार्टीका धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलको अध्यक्षतामा भएको एक कार्यक्रममा विभिन्न दलका सयौं जना नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]