०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

नक्कली भुटानी शरणार्थी प्रकरणमा जो–जो दोषी छन् सबैलाई कारबाही हुनुपर्छ : नेता यादव

Logo
प्रकाशित शनिबार, बैशाख ३०, २०८०

काठमाडौँ,३० बैशाख । जनमत पार्टीका नेता डा.शरदसिंह यादवले नक्कली भुटानी शरणार्थी बनाएर बेचविखन गर्ने जो कोहीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।नक्कली भुटानी शरणार्थी अमेरिका पठाई ठगी गरेको विरुद्धमा आज जनमत पार्टीको तर्फबाट माइतीघर मण्डलमा प्रदर्शन गर्ने क्रममा नेता यादवले सो माग गरेका हुन् ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा जो–जो दोषी छन् सबैलाई कारबाही हुनुपर्छ कोही पनि उम्किनु हुँदैन । यदि यहाँको अदालतले कारबाही गरेन भने जनताको अदालतले कारबाही गर्छ ।’ यादवले जनताको अदालतले जुनसुकै कारबाही गर्न सक्ने बताउँदै त्यसमा भौतिक कारबाही पनि हुनसक्ने चेतावनी दिए ।

‘अहिले सरकारले जे जति काम गरेको छ, तारिफयोग्य काम हुन्,’ उनले भने, ‘सरकारले खुट्टा कमाउनु हुँदैन । सरकारलाई पार्टीको सम्पूर्ण साथ र सहयोग रहनेछ । तर सरकारले कसैलाई कारबाही गर्ने र कसैलाई जोगाउने कार्य गर्‍यो भने जनमत पार्टी सरकारको विरुद्ध पनि आन्दोलनमा जानेछ । ’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]