०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

मधेश प्रदेशको सबै वडाका किसानलाई यी १५ तालिम

Logo
प्रकाशित मंगलबार, जेठ ०२, २०८०

जनकपुरधाम,२ जेष्ठ । मधेश प्रदेशका कृषि मन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले मधेश प्रदेशको सबै वडाका किसानहरुलाई कृषि तालिम दिने योजना ल्याएका छन् ।

आगामी आर्थिक बर्ष २०८०/८१ को लागि मधेश प्रदेशको १२ सय ७० वडाका किसानहरुलाई अन्न, साग, सब्जी, दुधजन्य उत्पादन सम्बन्धी तालिम दिने भएको छ । यसका लागि किसानहरुले चाहेको तालिमको बारेमा सल्लाह दिन कृषि मन्त्री कुशवाहाले आग्रह गरेका छन् ।

मधेश प्रदेशको ८ वटै जिल्लाका सबै वडाबाट कम्तीमा ४ ४ जना किसानलाई सहभागी गराउँदै उनीहरुलाई उत्तम उब्जनीको लागि अग्रसर गर्ने लक्ष्य रहेको छ ।

मधेश प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका कृषि ब्यवसाय तालिम केन्द्रबाट अगामी आर्थिक वर्षका लागी निम्न तालिमहरु प्रस्ताव गरिएको छ। यसमा केही थपघट गर्नु पर्ने भए राय, सुझाव, सल्लाह दिन किसानहरुलाई आग्रह गरिएको छ ।

१. जैबिक/ प्रारंगिक मल उत्पादन तालिम
२. कृषि बिषादी बिक्रेता तालिम
३. विउविजन बिक्रेता तालिम
४. चक्लाबन्दी खेती कार्यक्रम संचालन तालिम
५. आर्थिक अवस्था अभिबृद्धि तालिम
६. बिषादी प्रयोग सचेतना तालिम
७.विउविजन सम्बन्धी क्षमता अभिवृद्धि तालिम
८. कृषि यन्त्र संचालन एवं मर्मत संभार तालिम
९. कृषि, पशुपंक्षी तथा मत्स्य क्षतिमूल्यांकन कर्ता तालिम
१०. खाद्य स्वच्छता तथा खाद्य प्रशोधन तालिम
११. बिदेशबाट फर्किएका तथा विपन्न वर्गका युवाहरूलाई व्यवसायिक तरकारी खेती प्रवर्द्धन तालिम
१२. तरकारी तथा फलफुल पोष्ट हार्भेष्ट तथा प्रशोधन प्रबिधि तालिम
१३. माटो जाँच तथा मलखाद प्रयोग सम्बन्धी तालिम
१४. कृषि बिमा तालिम
१५. सिचाई ब्यवस्थापन तालिम

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]