१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

सर्वाेच्चबाट पनि रेशम चौधरीलाई जन्मकैदको फैसला

Logo
प्रकाशित मंगलबार, जेठ ०२, २०८०

काठमाडौं ,२ जेष्ठ । जिल्ला र उच्च अदालतले सुनाएको रेशम चौधरीमाथिको जन्मकैदको सजाय सर्वोच्च अदालतले पनि सदर गरेको छ ।

मंगलबार सर्वाेच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले टिकापुर घटनाका मुख्य दोषी चौधरीलाई यसअघि जिल्ला र उच्च अदालतले सुनाएको जन्मकैदको सजाय सदर गरेको हो ।

२०७२ भदौमा कैलालीको टिकापुरमा भएको थरुहट आन्दोलनमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको निर्मम हत्या भएको थियो ।

उक्त हिंसात्मक घटनाका मुख्य आरोपी चौधरी रहेको जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायल ठहर छ । र, उक्त फैसलासँगै अहिले चौधरीले जन्मकैदको सजाय भोगिरहेका छन् ।

अदालतले फैसलापछि चौधरीले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए । तर, सर्वाेच्चले पनि जिल्ला र उच्च अदालतको फैसला सदर गरेको छ । सर्वाेच्चको फैसलासँगै उनी जेलबाट छुट्ने छैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]