१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

कृषिमन्त्री कुशवाहाले गरे माटो परीक्षण घुम्ती शिविरको स्थलगत अवलोकन

Logo
प्रकाशित आइतबार, जेठ ०७, २०८०

जनकपुरधाम,७ जेष्ठ । मधेश प्रदेशका भुमी व्यवस्था ,कृषि तथा सहकारी मन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले किसानको माटो परीक्षण शिविरको स्थलगत अवलोकन गरेका छन् ।

आइतबार मन्त्री कुशवाहाले रौतहट पुगेर सँचालनमा रहेको माटो परीक्षण घुम्ती शिविरको स्थलगत अवलोकन गरेका हुन् । जिल्लाभरिबाट सँकलन गरिएको किसानको खेतको माटो परीक्षणको लागि टेष्ट गरिरहेको बेला उनले आफैँ स्थलगत निरिक्षण तथा अवलोकन गरेका छन् ।

कुशवाहा कृषिमन्त्री बनेपछि पहिलो पटक मधेशका किसानहरुको खेतको माटोको उर्वरा शक्ति चेकजाँच गर्ने निःशुल्क शिविर चलाएका छन् । सो क्रममा रौतहट पुगेर उनले चेकजाँचको स्थितिको बारेमा जानकारी लिएका छन् ।यस अघि धनुषामा पनि माटो परिक्षण गरिएको थियो।

यसका साथै, कृषि ज्ञान केन्द्र तथा पशु सेवा बिज्ञ केन्द्रबाट हुने सेवा प्रवाह बारे निरीक्षण अवलोकन समेत गरिएको हो । किसानको समस्या समाधान गर्न हरपल अग्रसर हुन मातहतका सम्पूर्ण कर्मचारीलाई मन्त्री कुशवाहाले निर्देशन समेत दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]