२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

प्रादेशिक अस्पतालले गलत रिपोट दिएपछि बिरोधमा उत्रिएका ५ जना पक्राउ

Logo
प्रकाशित आइतबार, जेठ ०७, २०८०

जनकपुरधाम,७ जेष्ठ ।मधेश प्रदेशका राजधानी जनकपुरधामस्थित रहेको प्रादेशिक अस्पतालले एक जना बिरामीको गलत रिपोर्ट दिएपछि अस्पताल प्रशासनको बिरोधमा उत्रिएका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार धनुषाको सहिदनगर नगरपालिका-२ का अजय यादवका श्रीमती शर्मिला देवी यादवको रगत चेकजाँच गराएपछि अस्पतालले गलत रिपोर्ट दिएका थिए।त्यसको बिरोध गरेपछि विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादव ,युवा जनमत संघ धनुषाका सहसंयोजक इजाज अन्सारीसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उपचारका लागि अस्पताल पुगेकी गर्भवती शर्मिला देवी यादवको रगत जाँचपछि अस्पतालले गलत रिपोट बुझाएपछि अस्पताल प्रशासन बिरुद्ध पक्राउ परेकाहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।

गर्भवती रहेकी शर्मिलाको रगतको जाँचपछि अस्पताल प्रशासनले दिएको रिपोट गल रहेको उनको श्रीमान अजयले आरोप लगाएका छन् ।

उनका अनुसार रगतमा हुने प्लेटलेट्सको जाँच चिकित्सकले गरेका थिए । तर रगत जाँचपछि दुई फरक फरक रिपोर्ट आएपछि युवाहरु अस्पताल प्रशासनबिरुद्ध प्रदर्शनमा उत्रिएका थिए ।

पक्राउ गरेकाहरुको रिहा गर्न जनमत पार्टीका नेता बीपी साहले आग्रह गर्दै उनले यस घटनाको छानबिन गरि गलत रिपोर्ट बनाउने ल्याबमा कर्मचारी र निजि अस्पतालमा पठाउन दबाब दिनेमाथी कार्वाही गर्न माग गरिएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]