२२ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

प्रादेशिक अस्पतालले गलत रिपोट दिएपछि बिरोधमा उत्रिएका ५ जना पक्राउ

Logo
प्रकाशित आइतबार, जेठ ०७, २०८०

जनकपुरधाम,७ जेष्ठ ।मधेश प्रदेशका राजधानी जनकपुरधामस्थित रहेको प्रादेशिक अस्पतालले एक जना बिरामीको गलत रिपोर्ट दिएपछि अस्पताल प्रशासनको बिरोधमा उत्रिएका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार धनुषाको सहिदनगर नगरपालिका-२ का अजय यादवका श्रीमती शर्मिला देवी यादवको रगत चेकजाँच गराएपछि अस्पतालले गलत रिपोर्ट दिएका थिए।त्यसको बिरोध गरेपछि विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादव ,युवा जनमत संघ धनुषाका सहसंयोजक इजाज अन्सारीसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उपचारका लागि अस्पताल पुगेकी गर्भवती शर्मिला देवी यादवको रगत जाँचपछि अस्पतालले गलत रिपोट बुझाएपछि अस्पताल प्रशासन बिरुद्ध पक्राउ परेकाहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।

गर्भवती रहेकी शर्मिलाको रगतको जाँचपछि अस्पताल प्रशासनले दिएको रिपोट गल रहेको उनको श्रीमान अजयले आरोप लगाएका छन् ।

उनका अनुसार रगतमा हुने प्लेटलेट्सको जाँच चिकित्सकले गरेका थिए । तर रगत जाँचपछि दुई फरक फरक रिपोर्ट आएपछि युवाहरु अस्पताल प्रशासनबिरुद्ध प्रदर्शनमा उत्रिएका थिए ।

पक्राउ गरेकाहरुको रिहा गर्न जनमत पार्टीका नेता बीपी साहले आग्रह गर्दै उनले यस घटनाको छानबिन गरि गलत रिपोर्ट बनाउने ल्याबमा कर्मचारी र निजि अस्पतालमा पठाउन दबाब दिनेमाथी कार्वाही गर्न माग गरिएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]