०४ फाल्गुण २०८२, मंगलबार
17-02-2026 , Tue
×

एकीकृत सरकारी कर्मचारी संगठनको प्रथम अधिवेशन सम्पन्न ,महासचिवमा रोहिता

Logo
प्रकाशित आइतबार, जेठ ०७, २०८०

जनकपुरधाम,७ जेष्ठ । एकीकृत सरकारी कर्मचारी संगठन मधेश प्रदेशको प्रथम अधिवेशनबाट तुलाकृष्ण गोईतले अध्यक्षको जिम्मेवारी पाएको छ।

शनिबार जनकपुरधाममा सम्पन्न अधिवेशनबाट गोइतको नेतृत्वमा २४ सदस्य मधेश प्रदेश कार्यसमिति चयन भएको छ।

सम्पूर्ण सरकारी कर्मचारीहरु एक जुट होऔँ नारा सहित जनकपुरधाममा भएको मधेश प्रदेश कार्य समितिको प्रथम अधिवेशनबाट सुरेश रोहितालाई महासचिवको जिम्मेवारी दिएको हो । उनलाई सर्व सहमतिबाट महासचिवको जिम्मेवारी दिइएको हो ।

कार्य समितिको उपाध्यक्षमा निरेन्द्र कुमार चौधरी, रमेश प्रसाद यादव र सुशिला कुमारी सिँहलाई चयन गरिएको छ । सँगठनको सचिवमा मनोहर मुखिया, चन्द्रभुषण साह र रेणु यादवलाई चयन गरिएको हो ।

संगठनको कोषाध्यक्षमा नवनित कुमार झालाई चयन गरिएको छ । सदस्यहरुमा बीरेन्द्र प्रसाद साह, अनिता कुमारी महतो, सरोज कुमार साह, धर्मेन्द्र गोईत, बसन्त झा, मनोज साह, श्याम मण्डल, सुरेश यादव, राजु राय यादव, लावण्य गौतम, प्रमोद मण्डल, सत्यनारायण पण्डित, मनोहर पण्डित, चन्द्रदेव शर्मा, दिलिप कुमार यादव लगायतलाई चयन गरिएको हो ।

कार्य समितिको निर्णय अनुसार अन्य ५ पद रिक्त रहेको अवस्थामा सँगठनको नियम अनुसार पूर्ति गरिने जनाइएको छ । शनिबार नै नयाँ पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजकबाट सपथ ग्रहण गराएको महासचिव सुरेश रोहिताले जानकारी दिएका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]