०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

विद्यार्थी जनमत संघ धनुषाद्वारा ३४१ जना विद्यार्थीलाई नि:शुल्क ब्लड चेकजाँच

Logo
प्रकाशित सोमबार, जेठ ०८, २०८०

जनकपुरधाम,८ जेष्ठ ।विद्यार्थी जनमत संघ धनुषाले विद्यार्थीहरुको नि:शुल्क ब्लड चेकजाँच शिविर सुरु गरेका छ्न।

सोमबार धनुषाको हसपुर नगरपालिका -५ सुगानिकासस्थित श्री माध्यमिक विद्यालयमा अध्यनरत ३४१ विद्यार्थीहरुलाई नि:शुल्क ब्लड चेकजाँच गरि उनिहरुको ब्लड ग्रुपसमेत छुट्याइएको संघका जिल्ला अध्यक्ष बिरेन्द्र यादवले जानकारी दिएका हुन।

उनले भने,’३४१ जना विद्यार्थी मध्ये ४७ जना (A+),१४३ जना (B+),१२९ जना (O+),११ जना (AB+),५ जना (B-),३ जना (O-) र ३ जना (A-) रहेको बताए।

विद्यार्थी जनमत संघ धनुषाले चलाएको नि:शुल्क ब्लड चेकजाँच गरि ब्लड ग्रुप छुट्याउने शिविरमा प्रविधिक सहयोग ल्याब टेक्निसियन जनकपुरधामका काब्या अस्पतालका सुजित साहले सहयोग गरेको अध्यक्ष यादवले बताए।

सो अभियान जिल्ला भरका सामुदायिक विद्यालयहरुमा चलाउने विद्यार्थी जनमत संघ धनुषाको योजना रहेको छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]