१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

सरकारको नीति तथा कार्यक्रम संघीयता विरोधी : डा.सीके राउत

Logo
प्रकाशित मंगलबार, जेठ ०९, २०८०

काठमाडौं,९ जेष्ठ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा.सिके राउतले सरकारको नीति तथा कार्यक्रम संघीयता विरोधी भएको आरोप लगाएका छन्।

प्रतिनिधिसभा बैठकमा मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम संघीयता बिरोधी भएको बताए।

उनले नीति तथा कार्यक्रममा जम्मा तीनपटक मात्रै संघीयता उल्लेख गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले प्रदेश प्रहरी, कर्मचारी समायोजन लगायतका संघीयता कार्यान्वयनसँग सम्बन्धित विषयलाई ठोस रुपमा सम्बोधन गर्ने पहल गर्नुपर्नेमा जोड दिए।

उनले पाँच लाख रोजगारी, प्रत्येक पालिकामा एक–एक वटा शितगृह, कृषि भण्डारण केन्द्र, एक टोल एक सामूहिक कृषि, उत्पादन नीति, सामूहिक खेती प्रणालीको लक्ष्य सरकारले लिनु भने राम्रो भएको बताए।

‘यस नीति तथा कार्यक्रम ७० पानाको छ, त्यसमा केवल तीनपटक संघीयता उल्लेख गरिएको छ। संघीयतालाई सबल गर्ने खालको ठोस नीति तथा कार्यक्रम देखिएन । म आश्चर्यचकित छु कि माओवादी नेतृत्वको सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ, त्यो संघीयता बिरोधी देखिएको छ । संघीयताको उच्चारण तीन पटक मात्रै गरिएको छ।’ राउतले भने, ‘बुँदा नम्बर १९ मा के मात्रै लेखिएको छ भने वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गरिनेछ । त्यो बाहेक यहाँ कुनै ठोस कार्यक्रम संघीयता बारेमा ल्याएको छैन । यसप्रति सरकार र नीति, निर्माताहरू गम्भीर हुनु जरुरी छ । संघीयताका विभिन्न मुद्दाहरू प्रदेश प्रहरी, कर्मचारी समायोजनका विषयलाई ठोस रुपमा सम्बोधन गर्ने पहल हुनुपर्दछ।’

उनले मधेस प्रदेशलाई विशेष प्रदेश घोषणा गरी ‘विशेष रेस्क्यु प्याकेज’ घोषणा गर्न माग गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]