३० कार्तिक २०८२, आइतबार
16-11-2025 , Sun
×

निर्माणमा लापरवाही गरे ठेकेदारको इजाजतपत्र रद्द गरिने

Logo
प्रकाशित सोमबार, जेठ १५, २०८०

काठमाडौं,१५ जेष्ठ। अर्थमन्त्री प्रकाशशरण महतले निर्माण व्यवसायीले देशभर लिएको ठेक्काको विवरण र कार्य प्रगतिको आवधिक विवरण प्राप्त हुनेगरी सूचना प्रणाली विकास गरिने बताएका छन् ।

सोमबार आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै मन्त्री महतले यस प्रणालीका अधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्काको प्रगति अनुगमन गर्ने बताए ।

‘अनुगमनबाट गम्भीर प्रकृतिका लापरवाही देखिए सम्बन्धित आयोजना प्रमुखले पेस गरेको प्रतिवेदनका आधारमा निर्माण व्यवसायीको इजाजत पत्र रद्द गरी कारबाही गर्न सक्नेगरी कानुनी व्यवस्था गरिनेछ,’ मन्त्री महतले भने । उनले ठूलो संख्यामा आयोजना र कार्यक्रम समावेश गरी स्रोतसाधन छर्ने प्रबृत्तिमा सुधार गरिने बताए ।

‘क्षेत्रगत प्राथमिकताभित्र ठूला, रणनीतिक महत्त्वका छिटो प्रतिफल र बहुसंख्यक जनताले लाभ प्राप्त गर्ने आयोजना तथा कार्यक्रमलाई प्राथमिकता दिइ बजेट विनियोजन गरिएको छ,’ उनले भने, ‘विस्तृत अध्ययन, जग्गा प्राप्ती लगायत पूर्वतयारी पूरा भई कार्यान्वयनमा जानसक्ने आयोजनालाई मात्र वार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्ने सरकारले निति लिएको छ ।’

विस्तृत प्रतिवेदन रिपोर्ट, वातावरणीय प्रभाव मूल्यांकन, जग्गा प्राप्ति लगायतका प्रक्रिया सम्पन्न भई साइट क्लियरेन्स भएका आयोजनाको मात्र ठेक्का सम्झौता गर्ने व्यवस्था मिलाइएको पनि उनले बताए । यस्तै आयोजना प्रमुख छनोटको निश्चत मापदण्ड बनाइने उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]