१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट

Logo
प्रकाशित बिहिबार, जेठ १८, २०८०

काठमाडौँ,१८ जेठ । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।

अघिल्लो संसदबाट उत्पत्ति भएको र नयाँ जनादेशसहित नयाँ संसद सञ्चालनमा आइसकेको अवस्थामा पुरानै विधेयक राष्ट्रपतिले सोझै पास गरिएकोले उक्त विधेयक अवैध रहेको र त्यसलाई कार्यान्वयन नगर्न/नगराउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको हो ।

रिट नवेदकहरुले विदेशीले नागरिकता पाउनु नुहने र नेपालीहरु नागरिकताबाट बञ्चित गर्न नहुने माग गरिएको छ ।

अघिल्लो संसदले पठाएको उक्त नागरिकता विधेयक अघिल्लो राष्ट्रपति विद्यादेवी भण्डारीले २ पटकसम्म फिर्ता गरेकी थिइन् । त्यपछि पनि सरकारले उक्त विधेयक पठाएपछि राष्ट्रपति कार्यालयमा अड्किएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]