२७ कार्तिक २०८२, बिहिबार
13-11-2025 , Thu
×

सरकारले बजेट ल्याइएको होइन लुटिएको हो : डा.सीके राउत

Logo
प्रकाशित शुक्रबार, आषाढ ०१, २०८०

काठमाडौँ,१ असार। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बजेट ल्याइएको नभई लुटिएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष डा. राउतले बजेट बनाएर ल्याइएको नभइ लुटिएको बताएका हुन्।

उनले बैंक लुटे जसरी चार यारहरूले बजेट लुटेको र अध्याँरो कोठामा गएर भागबण्डा गरेको बताए। सरकारले जुट्ने क्रम जारी रहेको उनको भनाइ छ। ‘बजेट ल्याएको हो कि बजेट लुटेको हो भन्नेकुरा स्पष्ट देखिँदैन। यसो हेर्दा बजेट लुटिएको हो जस्तो देखिन्छ। बजेट बनाएको, ल्याएको होइन,’ उनले भने, “बजेटलाई चार यारहरूले लुटेर गएका जस्ता देखिन्छन्। बाटोमा लैजाँदै गर्दा कतै खुद्रा पैसाहरू खस्दै गएको देखिन्छ। चार यारहरू मिलेर अध्याँरोमा गएर बाँडफाँट गरेको जस्तो स्पष्ट रूपमा देखिन्छ। वैशाखमा बारामा मत पेटिका लुटे, जेठमा आएर बजेट लुट्ने काम सरकारले गर्दै आएको छ। लुट्ने प्रवृत्ति क्रमिक रूपमा जारी नै छ।’

अध्यक्ष राउतले बजेटको सम्बन्धमा दिइएका कुनै पनि सुझावहरू कार्यान्वयन नहुने गरेको पनि बताए। उनले एक महिना बहस हुँदा पनि बजेटमा कमा र फुलस्टप समेत परिवर्तन नहुने गरेको भन्दै यसो हुनु संसद् र सांसदहरूको निरीहता भएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]