१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

सरकारले बजेट ल्याइएको होइन लुटिएको हो : डा.सीके राउत

Logo
प्रकाशित शुक्रबार, आषाढ ०१, २०८०

काठमाडौँ,१ असार। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बजेट ल्याइएको नभई लुटिएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष डा. राउतले बजेट बनाएर ल्याइएको नभइ लुटिएको बताएका हुन्।

उनले बैंक लुटे जसरी चार यारहरूले बजेट लुटेको र अध्याँरो कोठामा गएर भागबण्डा गरेको बताए। सरकारले जुट्ने क्रम जारी रहेको उनको भनाइ छ। ‘बजेट ल्याएको हो कि बजेट लुटेको हो भन्नेकुरा स्पष्ट देखिँदैन। यसो हेर्दा बजेट लुटिएको हो जस्तो देखिन्छ। बजेट बनाएको, ल्याएको होइन,’ उनले भने, “बजेटलाई चार यारहरूले लुटेर गएका जस्ता देखिन्छन्। बाटोमा लैजाँदै गर्दा कतै खुद्रा पैसाहरू खस्दै गएको देखिन्छ। चार यारहरू मिलेर अध्याँरोमा गएर बाँडफाँट गरेको जस्तो स्पष्ट रूपमा देखिन्छ। वैशाखमा बारामा मत पेटिका लुटे, जेठमा आएर बजेट लुट्ने काम सरकारले गर्दै आएको छ। लुट्ने प्रवृत्ति क्रमिक रूपमा जारी नै छ।’

अध्यक्ष राउतले बजेटको सम्बन्धमा दिइएका कुनै पनि सुझावहरू कार्यान्वयन नहुने गरेको पनि बताए। उनले एक महिना बहस हुँदा पनि बजेटमा कमा र फुलस्टप समेत परिवर्तन नहुने गरेको भन्दै यसो हुनु संसद् र सांसदहरूको निरीहता भएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]