०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

स्नातक अध्ययनरत ७५ जना छोरीलाई सम्मान

Logo
प्रकाशित आइतबार, आषाढ १०, २०८०

सर्लाही,१० असार । चन्द्रनगर गाउँपालिकाले स्नातक तहमा अध्ययनरत छोरीलाई नगदसहित सम्मान गरेको छ। ‘बाल विवाहको अन्त्य र उच्च शिक्षामा छोरीको पहुँच वृद्धि अभियान’ अन्तर्गत गाउँपालिकाले कक्षा १२ उतीर्ण गरी स्नातक तहमा भर्ना भएका ७५ जना छोरीलाई शनिबार जनही ११ हजार रुपियाँ बराबरको चेक हस्तान्तरण गरी सम्मान गरेको हो।

मधेश प्रदेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेशप्रसाद यादव, गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र उपाध्यक्ष गीतादेवी महतोले छोरीलाई सम्मान गर्नुभएको गाउँपालिकाले जनाएको छ। प्रदेशका शिक्षामन्त्री यादवले चन्द्रनगर गाउँपालिकाको यो अभियान प्रशंसनीय रहेको र साक्षरता अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो।

स्नातक तहमा भर्ना भई अध्ययन गर्ने प्रत्येक छोरीलाई प्रोत्साहन स्वरूप यसैगरी सम्मान गर्दै यो अभियानलाई निरन्तरता दिइने चन्द्रनगर गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष महतोले उच्च शिक्षा अध्ययन गर्ने छोरीलाई गाउँपालिकाले सम्मान गर्ने नीति ल्याएपछि आआफ्ना छोरीलाई स्नातक तहमा भर्ना गराउने क्रम बढेको जानकारी दिनुभयो। उहाँले गाउँपालिकाभित्र अहिले पनि ६५ प्रतिशत बालविवाह हुने गरेको उल्लेख गर्दै यो अभियानपछि बालविवाहमा न्यूनीकरण भई छोरीको उच्च शिक्षामा पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभयो।

चन्द्रनगर गाउँपालिकाले गत वर्षदेखि नै कक्षा १२ उतीर्ण भइ २० वर्ष पूरा गरेर विवाह गर्ने छोरीलाई विवाह मण्डपमै पुगेर ५० हजार रुपियाँसहित सम्मान गर्दै आइरहेको छ। अहिले ११ हजारसहित सम्मानित भएका छोरीलाई पनि २० वर्ष पुगेर विवाह गर्दा गाउँपालिकाले थप ५० हजारसहित सम्मान गर्ने गाउँपालिकाका अध्यक्ष महतोले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]