०५ फाल्गुण २०८१, मंगलबार
18-02-2025 , Tue
×

स्नातक अध्ययनरत ७५ जना छोरीलाई सम्मान

Logo
प्रकाशित आइतबार, आषाढ १०, २०८०

सर्लाही,१० असार । चन्द्रनगर गाउँपालिकाले स्नातक तहमा अध्ययनरत छोरीलाई नगदसहित सम्मान गरेको छ। ‘बाल विवाहको अन्त्य र उच्च शिक्षामा छोरीको पहुँच वृद्धि अभियान’ अन्तर्गत गाउँपालिकाले कक्षा १२ उतीर्ण गरी स्नातक तहमा भर्ना भएका ७५ जना छोरीलाई शनिबार जनही ११ हजार रुपियाँ बराबरको चेक हस्तान्तरण गरी सम्मान गरेको हो।

मधेश प्रदेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेशप्रसाद यादव, गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र उपाध्यक्ष गीतादेवी महतोले छोरीलाई सम्मान गर्नुभएको गाउँपालिकाले जनाएको छ। प्रदेशका शिक्षामन्त्री यादवले चन्द्रनगर गाउँपालिकाको यो अभियान प्रशंसनीय रहेको र साक्षरता अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो।

स्नातक तहमा भर्ना भई अध्ययन गर्ने प्रत्येक छोरीलाई प्रोत्साहन स्वरूप यसैगरी सम्मान गर्दै यो अभियानलाई निरन्तरता दिइने चन्द्रनगर गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष महतोले उच्च शिक्षा अध्ययन गर्ने छोरीलाई गाउँपालिकाले सम्मान गर्ने नीति ल्याएपछि आआफ्ना छोरीलाई स्नातक तहमा भर्ना गराउने क्रम बढेको जानकारी दिनुभयो। उहाँले गाउँपालिकाभित्र अहिले पनि ६५ प्रतिशत बालविवाह हुने गरेको उल्लेख गर्दै यो अभियानपछि बालविवाहमा न्यूनीकरण भई छोरीको उच्च शिक्षामा पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभयो।

चन्द्रनगर गाउँपालिकाले गत वर्षदेखि नै कक्षा १२ उतीर्ण भइ २० वर्ष पूरा गरेर विवाह गर्ने छोरीलाई विवाह मण्डपमै पुगेर ५० हजार रुपियाँसहित सम्मान गर्दै आइरहेको छ। अहिले ११ हजारसहित सम्मानित भएका छोरीलाई पनि २० वर्ष पुगेर विवाह गर्दा गाउँपालिकाले थप ५० हजारसहित सम्मान गर्ने गाउँपालिकाका अध्यक्ष महतोले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]