०५ माघ २०८२, सोमबार
19-01-2026 , Mon
×

विदेह नगरपालिकाको बजेट ७० करोड ५ लाख

Logo
प्रकाशित आइतबार, आषाढ १०, २०८०

जनकपुरधाम,१० असार।धनुषाको विदेह नगरपालिकाले अगामी आर्थिक वर्ष ८०/८१ का लागि ७० करोड ५ लाख ३ हजार ५ सय १ रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।

आइतबार सातौं नगरसभामा नगरप्रमुख बेचन दासले सो नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन।नगरप्रमुख दासले प्रस्तुत गर्दै उनले बजेटमा चालुतर्फ ५२ करोड ३२ लाख ८६ हजार पाँच सय र पुँजिगततर्फ १७ करोड ७२ लाख १७ हजार रहेको बताए ।

बजेटको स्रोतको रुपमा नेपाल सरकारबाट प्राप्त वित्तीय अनुदान १० करोड ७१ लाख, सशर्त अनुदान १९ करोड राजस्व वाँडफाँटबाट प्राप्त हुने आठ करोड ६३ लाख २२ हजार, सामाजिक सुरक्षाका लागि १५ करोड, नगरपालिकाको चालु आर्थिक वर्षको बाँकी रहने मौज्दात १० करोड छ लाख, प्रदेश सरकार वित्तीय सामानीकरण ७७ लाख ३० हजार, प्रदेश सरकारको राजस्व वाडँफाँटबाट प्राप्त हुने ४५ लाख, मालपोत कार्यालयबाट प्राप्त हुने रजिस्ट्रेसनबापतको ४५ लाख रहेको हो।

नीति कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख साहले किसान, मजदुर, दलित, जनजाती, पिछडावर्ग लगायतका समुदायको जिवनमा सुधार हुनेखालका कार्यक्रमहरु नीति कार्यक्रम तथा बजेटमा समावेश गरिएको छ ।

कार्यक्रममा नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक लखन दासले नगर प्रमुखले प्रस्तुत गरेका बजेटले नगरको विकास र समृद्धिमा महत्वपुर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छ्न ।

तीन वटै तहका सरकारले एक अर्कासँग समन्वयगरी अघि बढेमा नेपालको विकासले फड्को हान्ने उहाँले बताउनुभयो । कार्यक्रममा विदेह नगरपालिकाका कार्यकारी अधिकृत सञ्जिव साहले नगरसभाको सफलताको शुभकामना व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]