१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

विदेह नगरपालिकाको बजेट ७० करोड ५ लाख

Logo
प्रकाशित आइतबार, आषाढ १०, २०८०

जनकपुरधाम,१० असार।धनुषाको विदेह नगरपालिकाले अगामी आर्थिक वर्ष ८०/८१ का लागि ७० करोड ५ लाख ३ हजार ५ सय १ रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।

आइतबार सातौं नगरसभामा नगरप्रमुख बेचन दासले सो नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन।नगरप्रमुख दासले प्रस्तुत गर्दै उनले बजेटमा चालुतर्फ ५२ करोड ३२ लाख ८६ हजार पाँच सय र पुँजिगततर्फ १७ करोड ७२ लाख १७ हजार रहेको बताए ।

बजेटको स्रोतको रुपमा नेपाल सरकारबाट प्राप्त वित्तीय अनुदान १० करोड ७१ लाख, सशर्त अनुदान १९ करोड राजस्व वाँडफाँटबाट प्राप्त हुने आठ करोड ६३ लाख २२ हजार, सामाजिक सुरक्षाका लागि १५ करोड, नगरपालिकाको चालु आर्थिक वर्षको बाँकी रहने मौज्दात १० करोड छ लाख, प्रदेश सरकार वित्तीय सामानीकरण ७७ लाख ३० हजार, प्रदेश सरकारको राजस्व वाडँफाँटबाट प्राप्त हुने ४५ लाख, मालपोत कार्यालयबाट प्राप्त हुने रजिस्ट्रेसनबापतको ४५ लाख रहेको हो।

नीति कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख साहले किसान, मजदुर, दलित, जनजाती, पिछडावर्ग लगायतका समुदायको जिवनमा सुधार हुनेखालका कार्यक्रमहरु नीति कार्यक्रम तथा बजेटमा समावेश गरिएको छ ।

कार्यक्रममा नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक लखन दासले नगर प्रमुखले प्रस्तुत गरेका बजेटले नगरको विकास र समृद्धिमा महत्वपुर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छ्न ।

तीन वटै तहका सरकारले एक अर्कासँग समन्वयगरी अघि बढेमा नेपालको विकासले फड्को हान्ने उहाँले बताउनुभयो । कार्यक्रममा विदेह नगरपालिकाका कार्यकारी अधिकृत सञ्जिव साहले नगरसभाको सफलताको शुभकामना व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]