२९ माघ २०८२, बिहिबार
12-02-2026 , Thu
×

जनकनन्दिनीको बजेट ४७ करोड ३३ लाख

Logo
प्रकाशित आइतबार, आषाढ १०, २०८०

परबिन पंडित,राजेन्द्र राम
खजुरी, १० असार।धनुषाको जनकनन्दिनी गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४७ करोड ३३ लाख ९२ हजार १ सय बजेट सार्वजनिक गरेका छ्न।

आइतबार जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवको अध्यक्षतामा स्वास्थ्य चौकी खजुरीको सभा हलमा आयोजना गरिएको १० औं गाउँसभा , नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रमबाट गाउँपालिकाकी उपाध्यक्ष कमला सहगलले आर्थिक वर्ष २०८०/०८१ को लागि ४७ करोड ३३ लाख ९२ हजार १ सय बजेट प्रस्तुत गरेकी हुन।

संघीय सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदानको रकम रु. ९ करोड ३८ लाख तथा संघीय सरकारबाट प्राप्त सशर्त अनुदान चालु तर्फ १४ करोड ६२ लाख र शसर्त अनुदान पुजिगत तर्फ ८९ लाख, संघबाट प्राप्त अनुमानित राजश्व वाडफाँड रकम रु. ७ करोड २८ लाख ३२ हजार १ सय, संघीय सरकारबाट प्राप्त विषेश अनुदान चालु तर्फ ५० लाख र विषेश अनुदान पुजिगत तर्फ ६५ लाख, संघीय सरकारबाट प्रापत सम्पुरक अनुदान ६५ लाख रहेको बताइन् ।

त्यसैगरी ,मधेश प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदानको रकम रु. ६६ लाख ६० हजार, प्रदेश सरकारबाट प्राप्त विशेष अनुदान रकम रु. ३० लाख एवं प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान रकम रु. २० लाख र आन्तरिक श्रोत तर्फ अनुमानित रकम रु.१२करोड २० लाख गरि आ.व. २०८० / ०८१ को अनुमानित वार्षिक वजेट रकम रु. ४७ करोड ३३ लाख ९२ हजार १ सयमात्र अनुमान रहेको बजेट उपाध्यक्ष सहगल्ले प्रस्तुत गरेकी थिइन ।

सशर्त अनुदान तर्फ प्राप्त भएको रकम स्वास्थ्य, शिक्षा, पशु, कृषि, महिला विकासमा खर्च गरिने छ । गाउँपालिकाको राजश्व वाडफाड तथा वित्तीय समानिकरणको चालु तर्फको खर्च रकम गाउँपालिकाको प्रशासनिक खर्च, सशक्तिकरण सीप विकास तथा लक्षित समुह विकास जस्ता कार्यक्रम खर्च, विद्यालय तथा स्वास्थ्य संस्थाको प्रशासनिक र कार्यक्रम खर्च एवं अन्य चालु प्रकृतिको बजेट समावेश गरिएको छ भने पूँजिगत खर्च तर्फको खर्च सार्वजनिक निमार्ण, फर्निचर फिक्चर, मेसिनरी औजार तथा वडा स्तरिय योजना जस्ता खर्चमा समावेश गरिएको छ ।

त्यसैगरी , प्रदेश सरकार र अन्य निकायबाट प्राप्त रकम निति निर्देशन बमोजिम खर्च गरिने तथा आन्तरिक आम्दानीको वजेट रकम कार्यालय संचालन तथा विकास निमार्ण जस्ता कार्यमा खर्च गर्ने छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]