०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

मधेश दृष्टि पत्रीकाका सम्पादक रामकुमार एलनले भ्रष्टाचार गरेको ठहर

Logo
प्रकाशित बिहिबार, आषाढ १४, २०८०

जनकपुरधाम ,१३ असार।मधेश प्रदेश प्रकाशन समूहद्वारा जनकपुरधाम र वीरगन्जबाट प्रकाशित मधेश दृष्टि राष्ट्रिय दैनिक पत्रीकाका सम्पादक राम कुमार रिजाल ‘एलन’ले भ्रष्टाचार गरेको ठहर भएका छ्न।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पाैडेलसहितको इजलाशले सम्पादक एलनलाई भ्रष्टाचारी ठहर गरेको हो । विशेषले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को १ र १(घ)को व्यवस्था अनुसार कसुर ठहर गरेको छ।

त्यसैगरी , नेकपा एकीकृत समाजवादीका नेता एवं मकवानपुरको कैलाश गाउँपालिकाका पूर्व अध्यक्ष टंक बहादुर मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापामगर, सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेल पनि भ्रष्टाचारी ठहर भएका छन ।

विशेष अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मागदाबी गरे अनुसार नै अभियुक्तहरूको भ्रष्टाचार ठहर गरेको हो । यसअघि २०७८ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) बमोजिम मोक्तान र रिजालसहित मकवानपुरको कैलाश गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापाल त्रिलोक थापा मगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेलको विरूद्धमा भ्रष्टार मुद्दा दर्ता गरेको थियो ।

विशेष अदालतले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को १ र १(घ)को व्यवस्था अनुसार कसुर ठहर गरेको छ।

आयोगले अध्यक्ष मोक्तान, फिलिंगो मिडियाका सञ्चालक पत्रकार रामकुमार रिजाल लगायतको संलग्नतामा रु.२,६०,९००।- (अक्षेरूपी दुई लाख साठी हजार नाै सय रूपैयाँ) भ्रष्टाचार भएको ठहर सहित मुद्दा दर्ता गरेको थियो । आयोगले युवा क्षमता बिकास तालिम र आधारभूत पत्रकारिता तालिम कार्यक्रम संचालन गर्दा अनियमितता भएको अनुन्सधानबाट पत्ता लागेको थियो । उक्त तालिम दिनका लागि नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र उपमहासचिव डा विजय पाैडेल लगायत पनि पुगेका थिए ।

सम्पादक एलन माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको जनवर्गिय संगठन समाजवादी प्रेस संगठनका महासचिवसमेत रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]