३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

सिडियो विरुद्ध जनकपुरमा विद्यार्थीहरुको प्रदर्शन

Logo
प्रकाशित शुक्रबार, आषाढ १५, २०८०

जनकपुरधाम, १५ असार ।धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल विरूद्ध विद्यार्थीहरूले जनकपुरधाममा शुक्रबार प्रदर्शन गरेका छन् । प्रदर्शन गर्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका छन ।

जिल्लाको औरही गाँउपालिका झिटकहियास्थित रामजानकी माध्यमिक विद्यालयको शिक्षक सरुवाको विषय लिएर विद्यार्थीहरूले आन्दोलनमा होमिएको हुन् ।

‘भ्रष्ट प्रमुख जिल्ला अधिकारी राजिनामा देउ, सिडियो साहेब मुर्दावाद,भ्रष्ट शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मुर्दावाद, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुर्दावाद, नैतिक पतन शिक्षक बद्री नारायण यादव मुर्दावाद, विद्यार्थी एकता जिन्दावाद, प्र.अ मदन सर ‘जिन्दावाद’ को नाराहरू लगाउदैँ विद्यार्थीहरूले जनकपुरमा प्रदर्शन गर्दै सिडियो कार्यलय घेराउ गरेका हुन ।

प्रदर्शनमा सहभागी एक विद्यार्थीहरुले नैतिक पतन भएका शिक्षक बद्री नारायण यादवलाई हाम्रो विद्यालयमा पठाएकोले उनले यस्ता नैतिक पतन भएका शिक्षक हामीहरुलाई नचाहिने बताए । जर्जर अवस्थामा पुगेको विद्यालयलाई सुधार गरेको मदन सर नै आफूहरुलाई चाहिने उनीहरूले बताए ।

प्रदर्शनमा सहभागी एक विद्यार्थीले भने,-‘हामीहरुको भविष्य बनाउने शिक्षक मदन सरलाई अनेकौं जालझेल गरेर हटाउने खेलमा स्थानीय केही नेताहरु लागेका छन् । त्यो हामीलाई कदापी बर्दास्त हुदैन । विद्यालयमा राजनीति होईन, पढाई हुनुपर्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]