१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

मारुती सिमेन्टका व्यापार प्रबन्धक जोशी पक्राउ

Logo
प्रकाशित शनिबार, आषाढ १६, २०८०

काठमाडौं ,१६ असार । मारुती सिमेन्ट उद्योगका व्यापार प्रबन्धक ज्योति जोशीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक विश्वासघात मुद्दामा पक्राउ पुर्जी जारी भई जोशीलाई सप्तरी प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो ।

जाहेरीका आधारमा जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भई प्रबन्धक जोशीलाई तीन दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीले बुधबार नै पाँच दिनको म्याद थप गराई उनीमाथि अनुसन्धान गरिरहेको जनाएको छ । राजविराज–४ का दिवाकर साहले आफ्नो घर निर्माणका क्रममा मारुती सिमेन्टको प्रयोग गरेको र सो सिमेन्ट प्रयोग गरी घर बनाउँदा भर्‍याङ लडेपछि सिमेन्ट गुणस्तरहीन भएको आरोप लगाउँदै ठगी (आपराधिक विश्वासघात) मुद्दामा जाहेरी दिएका थिए ।

सोही मुद्दामा पक्राउ पुर्जी जारी भएका मारुती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठी र उनका छोरा उद्योगका प्रबन्ध निर्देशक अनुज राठीसहित ७ जना फरार छन् । उनीहरूको खोजी कार्य जारी रहेको सप्तरी प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]