१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

मधेश प्रदेश : आमा-छोरी मृत भेटिए, दाइजोको निहुँ हत्या गरेको आरोप

Logo
प्रकाशित शनिबार, आषाढ १६, २०८०

रौतहट ,१६ असार।रौतहटको मौलापुरमा आमा-छोरी मृत अवस्थामा फेला परेका छन्। मौलापुर नगरपालिका-४ पतौराका २४ वर्षीया महिला र उनकी २ वर्षीया छोरी मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार २४ वर्षीया कविता देवी साह र उनकी २ वर्षिया छोरी आरूही कुमारी साह घरमै मृत फेला परेका हुन्।

मृत बालिकाको लास पङ्खामा झुन्डयाइएको अवस्थामा र कविताको लास घरबाट बाहिरिने सिँढीमा फेला परेको प्रहरी उपरीक्षक बुढामगरले बताए।

उक्त घटना हत्या वा आत्महत्या हो यकिन गर्न गाह्रो भएको र थप अनुसन्धान भरहेको प्रहरी उपरीक्षक बुढामगरले बताए।

मृतक कविताका श्रीमान धिरेन्द्र साह र ससुरा नागेन्द्र साह परिवारसहित घटनापछि फरार रहेका छन्।

माधव नारायण नगरपालिका-५ मिठुअवा माइतीघर भएकी कविताका बुवा विजय शंकर साहका अनुसार घटनाबारे आफूलाई स्थानीयले फोनमार्फत जानकारी गराएको र जानकारी पाउने बित्तिकै प्रहरीले खबर गरेको उनले बताए।

छोरी र ज्वाइँबीच पटक-पटक विवाद भइरहेको र मिलेर बस्न दुवै जनालाई सम्झाई बुझाई गरेको उनले बताए। उनका अनुसार ज्वाइले कहिले नगद, पलङ्ग, सुनको औठी र सिक्री माग्दै आएका थिए। पटकपटक यहीँ निहुमा ज्वाइले छोरीलाई कुटपिट गर्ने गरेको बताए।

उनले छोरीले आत्महत्या नगरेको र ज्वाईं र सम्धीसहितका व्यक्ति मिलेर हत्या गरेको बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]