१५ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
×

सहिदनगर : एमाले र कांग्रेसका दर्जनौं नेताकार्यकर्ता जनमतमा प्रवेश

Logo
प्रकाशित आइतबार, आषाढ १७, २०८०

जनकपुरधाम,१७ असार ।धनुषाको सहिदनगर नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका दर्जनौं नेताकार्यकर्ताहरुले जनमत पार्टी प्रवेश गरेका छ्न।

शनिबार सहिदनगर नगरपालिका -४ मा एक कार्यक्रमबिच नेकपा एमाले नेता अर्जुन दास र नेपाली कांग्रेसका नेता पवन कुमार मण्डलसहित दर्जनौं नेताकार्यकर्ताहरुले सो पार्टी परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गरेका हुन।

जनमत प्रवेश गरेकाहरुलाई पार्टीका मधेश प्रदेश सदस्य रामपुकार यादवले अबिरको टीका लगाउदै उनिहरुलाई पार्टीमा स्वागत गरिएको हो।नवप्रवेश नेताकार्यकर्ताहरुलाई पार्टीका सदस्यतासमेत प्रदान गरेको विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष तथा सहिदनगर नगरपालिकाका पर्यवेक्षक बिरेन्द्र कुमार यादवले जानकारी दिए।

उनका अनुसार सो कार्यक्रममा पार्टीका सहिदनगरका पर्यवेक्षक धनिकलाल कापर र पार्टीका युवा नेता रमन प्रसाद यादवसहित नेताकार्यकर्ताहरुको सहभागितामा नेकपा एमाले र नेपाली कांग्रेसका दर्जनौं नेताकार्यकर्ताहरु पार्टी प्रवेश गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]