१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

कुख्यात मानव तस्कर सुनबहादुर ठगी आरोपमा पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ ०५, २०८०

काठमाडौं,५ असार । कुख्यात मानव तस्करको नामले चिनिएका नुवाकोटका सुनबहादुर तामाङ ठगी आरोपमा पक्राउ परेका छन्।नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदी घर भएका ५५ वर्षीय सुनबहादुरलाई प्रहरीले काठमाडौंको माकलबारीबाट पक्राउ गरेको हो।

यसअघि पटकपटक मानव बेचबिखनको आरोपमा पक्राउ पर्दै छुट्दै गरेका पूर्व वडाध्यक्ष समेत रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

जापान पठाउने भन्दै उनले एक महिलाबाट १२ लाख रुपैयाँ लिएर ठगी गरेको उजुरी परेपछि पक्राउ गरिको हो।पक्राउ परेका सुनबहादुरलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]