२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

भट्टराई नेतृत्वको नेसपाले संगठन निर्माण र विस्तार अभियान चलाउने

Logo
प्रकाशित आइतबार, आषाढ १७, २०८०

काठमाडौं,१७ असार। नेपाल समाजवादी पार्टीले संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने भएको छ। त्यसका लागि असारदेखि पुससम्मको समय तोकिएको छ।

अभियानका लागि अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा केन्द्रीय अभियान परिचालन मूल समिति र सचिवालय निर्माण भएको सो पार्टीले जानकारी दिएको छ।

सचिवालयको संयोजकमा अध्यक्ष भट्टराई रहने तथा विशेष उपस्थिति अध्यक्ष महेन्द्र राय यादव र अभियानका सदस्यहरू गंगा श्रेष्ठ, हिसिला यमी, दुर्गा सोव, रमेश यादव, ईश्वर रिजाल, सिर्जना रिजाल, सोनामसिं स्याङतान, विश्वदीप पाण्डे र हरि रिजाल सचिवालय समिति सदस्य रहने बताइएको छ। यो समितिले संगठन निर्माण र विस्तार सम्बन्धी अभियानको सम्पूर्ण निर्णय र योजना गर्नेछ।

गत असार १३ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अभियान चलाउने निर्णय गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]