२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

बैंकको ऋण मुठीभर सभ्रान्तहरुले मात्र पाउँछन् : प्रभु साह

Logo
प्रकाशित आइतबार, आषाढ १७, २०८०

काठमाडौं,१७ असार । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केही मुठीभर सम्भ्रान्तहरुले मात्र बैंकहरुबाट ऋण पाएको टिप्पणी गरेका छन् ।

बैंकहरुबाट ऋण नपाएपछि आम नागरिकले मिटरव्याजीहरुबाट ऋण लिनुपर्ने र त्यही ऋणको कारण आत्महत्या गर्नुपर्ने स्थितिमा पुगेको पनि उनले बताए ।

आइतबार प्रतिनिधिसभाको बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै अध्यक्ष साहले गरीबहरुले पनि बैंकहरुबाट ऋण लिन पाउने व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

‘सिरहाको एउटा बैंक, लहानको एउटा बैंक, जहाँ त्यहीँका दाजुभाइले पैसा राखेका छन् । त्यहाँ आफ्नै भाइले पैसा निकाल्न खोज्यो भने पाउँदैन । उसले निक्षेप पूँँजी १० करोड राखेको छ भने त्यो निकाल्ने अधिकार त उसले पाउँछ नि । १० करोड त उसैको गाउँको पैसा हो । त्यो पैसा काठमाडौंमा ल्याएर आफ्ना निजी स्वार्थ पूर्ति गर्ने । आम जनताका ऋणबिना तड्पेर ठगिनुपर्ने’ सांसद साहले भने ।

बैंकहरु निक्षेप बढ्यो भनेर खुशी भएको तर जुन ठाउँको निक्षेप हो त्यहीँ परिचालन नगरेको उनले बताए ।

‘निक्षेप पूँँजी बढ्यो बैंकरहरु खुशी छन । तर त्यो निक्षेप पूँजीको भाग जनताले पाउनु पर्छ कि पर्दैन ? जनताले त्यहाँ त्यो ऋण पाउने अधिकार राख्छ कि राख्दैन ? मुठीभर मान्छेले पाउने तर आम जनता निरीह भएर, लाचार भएर ठगिनुपर्न, त्यो परिवेशलाई पनि ध्यानमा राखेर गरिनुपर्थ्यो’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]