११ फाल्गुण २०८२, मंगलबार
24-02-2026 , Tue
×

साउदी : गैर आवासीय मधेशी संघको चौथो महाधिवेशन सम्पन्न,अध्यक्षमा बुधेश्वर

Logo
प्रकाशित सोमबार, आषाढ १८, २०८०

जनकपुरधाम,१७ असार । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी शाखाको चौथो महाधिवेशन सम्पन्न भएको छ।

बिहिवार सम्पन्न चौथो महाधिवेशनबाट बुधेश्वर महराको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो।सह-अध्यक्षमा नन्दकिशोर मण्डल (मोहित ) रहेको छ।

महाधिवेशनमा सहभागीहरुको दृश्य

एनआरएमए साउदी शाखाको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र प्रसाद यादव ,उपाध्यक्षहरुमा अशोक दास,सन्तोष कापर,गुणेश्वर यादव,शत्रुधन शाह,राम ईश्वर मण्डल ,जनार्दन यादव ,बुधन शाह र जय कुमार यादवसहित उपाध्यक्षमा चयन भएको हो।त्यसैगरी समितिको महासचिवमा बिरछ दास ,सचिवमा पवन यादव र गौतम महतो ,सहसचिवमा राकेश कुमार सदा,रामबाबु महतो,रामेश्वर शाह तेलि,चनेश्वर महतो,गोपाल मण्डल ,बिनोद शाह रहेका छ्न। त्यसैगरी ,कोषाध्यक्षमा मनिक लाल महरा र सहकोषाध्यक्षमा पप्पु कुमार यादव सर्वसहमतीबाट चयन भएको हो।

कार्यसमितिको प्रवक्तामा अशोक महतो,मिडिया संयोजकमा रबि मण्डल ,मिडिया सहसंयोजकमा निशान महतो र जितेन्द्र यादव रहेका छ्न।त्यसैगरी कार्यकारी सदस्यहरुमा रामकुमार यादव ,शत्रुधन यादव,राम ईश्वर शाह,शिव कुमार महतो,ईशमाईल राइन,प्रमोद यादव र दिलिप शाह रहेका छ्न।केन्द्रिय सदस्यमा रामबली ठाकुर,राजनारायण पन्डित,लक्ष्मण दास,अमरदेव यादव,मनोज कुमार राम,लाल बाबू महतो,मेहन्दी हुसेन ,अनिल यादव,दिवेश यादव,राम लाल यादव,बिजय मन्डल,पुनित पासमान,मनोज कुमार शाह,राजेश्वर मण्डल र बेचन यादव रहेका हुन।

त्यसैगरी ,वरिष्ठ सल्लाहकारमा अशोक साह रहेका छ्न।अन्य सल्लाहकारमा अनुशासन बिभाग प्रमुख उपेन्द्र यादव (अधिकारी),श्याम सुन्दर शाह,अब्दुल सलाम अन्सारी ,रमेश ठाकुर र राज किशोर शर्मा रहेका छ्न।

नवगठित कार्यसमितिलाई एनआरएमएका संस्थापक अध्यक्षसमेत रहेका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले अनलाइन बैठकमार्फत बधाई तथा अगामी कार्यकालको सफलताको शुभकामना दिएका छ्न।

नवगठित कार्यसमितिको पदाधिकारीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत बधाई तथा शुभकामना दिदै।

उक्त अनलाई बैठकमा एनआरएमएका पुर्व अन्तर्राष्ट्रिय अध्यक्ष तथा जन्मत पार्टीका राष्ट्रिय उपाध्यक्ष र मधेश सरकार निवर्तमान कृषिमन्त्री ई.वसन्त कुशवाहा,राज्यमन्त्री संजय यादव,जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख ई.दीपक कुमार साह,संघका अन्तर्राष्ट्रिय अध्यक्ष ई.शम्भुनाथ साह,महासचिव डा.श्यामबाबु महतोसहितका विशिष्ट व्यक्तित्वहरुले नवगठित कार्यसमितिका पदाधिकारीहरुलाई शुभकामना दिएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]