११ माघ २०८२, आइतबार
25-01-2026 , Sun
×

अस्पतालमा जैसीको अनशन

Logo
प्रकाशित सोमबार, आषाढ १८, २०८०

काठमाडौँ ,१८ असार। प्रहरीलाई बचाउने क्रममा प्रहरीकै गोली प्रहारले घाइते भएका कैलाली जानकी गाउँपालिका–८ का २६ वर्षीय वीरेन्द्र जैसीले आफ्नो माग सुनुवाइ नभएपछि १७ औं दिन पनि अस्पताल बेडमै अनशन जारी राखेका छन् ।

उनी असार १ गते बेलुकीदेखि माइतीघर मण्डलामा अनशन बसेका थिए । अनशनरत जैसी १२ औं दिन शनिबार स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका छन् ।

‘डाक्टरले ‘ब्लप्रेसर लो’ भएको छ, ‘युरिन इन्फेक्सन’ भएको छ, तपाईंले अनशन तोड्नुपर्छ भनिरहनुभएको छ, उहाँ (वीरेन्द्र) ले माग पूरा नभएसम्म अनशन नतोड्ने भन्नुभएको छ,’ वीरेन्द्रकी पत्नी राधिका देवकोटाले भनिन् । रिपोर्ट सामान्य देखिएपछि डिस्चार्ज भएर माइतीघरमा आएर अनशन जारी राखेका हुन् ।

‘म बिरामी भइरहेको छु, स्वास्थ्य जटिल देखिएको छ, तर सरकारले मेरा मागहरू सुनुवाइ गर्नै चाहेको छैन, माग पूरा नभएसम्म अनशन बसिरहन्छु,’ उनले बताए । सात वर्षअघि काठ तस्कर र प्रहरीबीच भएको झडपमा प्रहरीलाई बचाउँदा गोली लागेर घाइते उनले आफ्नै खर्चमा उपचार गराएका थिए । सरकारले उपचार खर्च व्यहोर्ने आश्वासन दिए पनि उचित क्षतिपूर्ति नपाएको भन्दै अनशन बसेका हुन् ।

डेढ महिना उपचार गर्दा जैसी परिवारको करिब पाँच लाख खर्च भएको थियो । त्यसबेला गृह मन्त्रालयले एक लाख ९१ हजार क्षतिपूर्ति दिलायो । तर निरन्तर ‘फलोअप’ गरिरहनुपर्ने हुँदा आर्थिक भार थपिएको, थप खर्च जुटाउन धौधौ परिरहेको छ । उचित स्वास्थ्योपचार नपाएर उनको स्वास्थ्य स्थिति पनि कमजोर बन्दै गएको छ । पटक–पटक गृह मन्त्रालयमा ताकेता गर्दासमेत नपाएपछि अनशन बस्न बाध्य भएको जैसीले बताए ।-कान्तिपरबाट लिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]