१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

जनतामा समर्पित भएर काम गर्ने प्रयास गर्दैछौं : उपाध्यक्ष ई.दीपक साह

Logo
प्रकाशित सोमबार, आषाढ १८, २०८०

जनकपुरधाम,१८ असार।जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख ई.दीपक कुमार साहले आफ्ना पार्टीले जनतामा समर्पित भएर काम गर्ने प्रयास गरिरहेको बताए।

न्यूजमधेशसंग कुरा गर्दै उपाध्यक्ष साहले संघीय सरकारले आर्थिक वर्ष २०८०/०८१ को लागि ल्याएको बजेट मधेश बिरोधी रहेको बताए।उनले,’हामी जुन कुरा उठाउँछौं, त्यसका लागि जनतामा समर्पित भएर काम गर्ने प्रयास गर्छौं । बजेटमा असन्तुष्टि भएपछि सरकारको समर्थक भएपनि बजेटलाई समर्थन नगरेको उपाध्यक्ष साहले भन्नुभयो।’

हामी जनताको साथमा छौं, जनता अहिले आन्दोलित छन् । तर, केही दलहरुले दोगलागिरी गरेको कारणले बजेट पारित भएको उपाध्यक्ष साहले आरोप लगाए ।उपाध्यक्ष साहले, ‘बजेट पारित हुनु एक दिन अगाडि जसपाका अध्यक्ष उपेन्द्र यादवले बजेट सुधारिनुपर्छ, यथास्थितिमा पारित हुन दिन्नौं, बजेट मधेश विरोधी छ भन्नुभयो। तर, उहाँले आफ्नो पार्टीका सबै सांसदलाई ह्वीप लगाएर बजेट पारित गर्न लगाउनुभयो।भनेपछि उहाँजस्तो दोगलागिरी प्रवृत्तिले गर्दा मधेश झन् दल–दलमा फँस्दै गएको,’उनले आरोप लगाएका छ्न।

जनता अझै पनि सचेत भएन भने मधेशी जनता झन् गुलाम बन्दै जान्छ । यस्ता दोगलाहरुबाट मधेशी जनता अब सावधान हुनुपर्छ । आजको दिनमा डा.सीके राउत मात्रै मधेशी जनताको पक्ष खडा रहेको उपाध्यक्ष साहले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]