०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

जनमतलाई सरकारमा ल्याउने सहमति

Logo
प्रकाशित सोमबार, आषाढ १८, २०८०

काठमाडौँ,१८ असार। सत्ता गठबन्धनले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेकाे छ ।​ सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जनमतले दुई मन्त्रालयको दाबी गरे एक मन्त्री र एक राज्यमन्त्री दिनेगरी सहमति भएको पनि बताए ।

उनले भने,‘जनमतलाई ल्याउने पनि सल्लाह भएको छ, बोलाएर राखेर सरसल्लाह हुन्छ । दुई वटा मन्त्रालय मागेका छन् भने सम्भव भएन भने एक मन्त्री र एक राज्यमन्त्री दिएर भए पनि सरकारमा ल्याउने समझदारीपूर्ण कुरा भएको छ ।’

यो पनि हेर्नुस् :

जनमत पार्टी सरकारमा जान राखे तीन शर्त !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]