२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

मधेश प्रदेश : गुडिरहेको ट्रकमा करेन्ट लाग्दा मजदुरको मृत्यु, चालक गम्भीर घाइते

Logo
प्रकाशित मंगलबार, आषाढ १९, २०८०

सर्लाही,१९ असार। सर्लाही गुडिरहेको एक ट्रकमा करेन्ट लाग्दा युवकको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।जिल्ला प्रहरी कार्यलय सर्लाहीका अनुसार चन्द्रनगर गाउँपालिका-७ मा गुडिरहेको ना ४ ख ६९७६ नम्बरको ट्रकले बिजुलीको तार छुँदा ट्रकमा सवार रौतहटको विश्रामपुर गाउँपालिका २ का २४ वर्षीय सञ्जय मुखियाको मृत्यु भएको हो।

उनी ट्रकमा काम गर्ने मजदुर हुन्। उनको मृत्यु घटनास्थलमै भएको प्रहरीले जनाएको छ।घटनामा ट्रकका चालक बाराको निजगढ नगरपालिका ६ का ५२ वर्षीय प्रेमबहादुर राउत गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय (सर्लाही) ले जनाएको छ।

उनलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारको लागि वीरगन्ज लगिएको छ।सोमबार चन्द्रनगर गाउँपालिका ७ बाट धानको भुस लिएर सर्लाहीकै ब्रह्मपुरीतर्फ जाँदै गरेको ट्रक हाई भोल्टेजको बिजुलीको तारमा छोइँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]