१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

नो भोट र समानुपातिकमा सीमा राख्ने कानुन बन्दै

Logo
प्रकाशित मंगलबार, आषाढ १९, २०८०

काठमाडौँ,१९ असार । निर्वाचन प्रणालीमा देखिएका अस्पष्टता, अपारदर्शीता, शक्तिको दुरुपयोग र विभिन्न आयामलाई कायम गर्दै निर्वाचनलाई सभ्य र विश्वसनीय बनाउन निर्वाचन आयोगले विभिन्न निर्णयहरु गरेको छ । निर्णयहरु हेर्दा निर्वाचन कानूनमा व्यापक सुधारको संकेतसहित व्यवस्था गर्न सिफारिस गरेको छ ।

समग्रमा निर्वाचन आयोगले तयार पारेको मस्यौदामा के छन् त ? निर्वाचन आयोगले निर्वाचन प्रणालीमा व्यापक सुधारसहित कानून ल्याउन भन्दै मस्यौदा तयार पारेर सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

निर्वाचन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गृहमन्त्रालयमार्फत संसदमा पेश गर्ने गरि आयोगले निर्वाचन कानूनमा व्यापक हेरफेर गर्यो । मौजुदा कानूनमा देखिएका अस्पष्टता र निर्वाचनमा पराजित व्यक्तिहरुले गर्ने चलखेलसहित समानुपातिक समावेशी चरित्रको संविधानलाई कार्यान्वयन गराउन सक्ने गरि कानून संशोधनको मस्यौदा तयार भएको छ ।

सरकारको सैद्धान्तिक सहमतिमा निर्वाचन आयोगले तयार पारेको निर्वाचन कानूनले समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक निर्वाचित भइसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यवस्था गरेको छ ।

यस्तै, तीन तहको कुनै पनि निर्वाचनमा पराजित व्यक्ति कार्यकालभर सोहि क्षेत्रको उपचुनावबाहेक अन्यमा उम्मेदवार हुन नपाउने कानूनी व्यवस्था गर्ने मस्यौदा तयार पारेको छ । आयोगले विदेशमा रहेका नेपालीको नामावली संकलन गर्ने, समानुपातिकतर्फ मतदान गर्न मिल्ने व्यवस्था मिलाउने, महिला सहभागीता सुनिश्चित गर्ने लगाएतका विभिन्न नयाँ कानूनको मस्यौदा समेत तयार पारेको छ ।

समानुपातिक निर्वाचन प्रणाली शक्ति र सत्ताको वरिपरि रहेकाले मात्रै फाइदा लिने परम्परा जस्तै बन्न पुगेको छ । अझं निर्वाचनमा पराजित उम्मेदवारहरु विभिन्न क्षेत्र खाली गराएरै निर्वाचित हुने कोसिस जसरी गर्ने गरेका छन, यस्तो विषयलाई नयाँ कानूनले धेरै हदसम्म समाधानको बाटो निकाल्न सक्ने अपेक्षा गरिएको छ ।

विदेशमा रहेका नेपालीलाई मतदानदेखि नामावली संकलनको व्यवस्थाले पनि मतदानमा सहभागीताको विषय थप उल्लेख्य रहने विश्वास गरिएको छ । निर्वाचन प्रणालीमाथि नै प्रश्न उठ्ने गरेको छ । अझं निर्वाचन आयोगले नो भोटको समेत व्यवस्था गरेको छ ।

अब मतदाताले कुनै उम्मेदवारलाई मत दिन्न भ्नन पाउने भएका छन् । यसरी पचास प्रतिशत भन्दा बढिले मत दिन्न भनेमा निर्वाचन नै रद्द हुने व्यवस्थाले निर्वाचन प्रणाली र लोकतन्त्रलाई सुदृऋ पार्ने विश्वास गरिएको छ ।

उम्मेदवारहरु दोहोर्याएर उम्मेदवार बन्ने, समानुपातिकमा पटक–पटक लाभ लिने स्थितिको अन्त्यका लागि आयोगले तयार पारको मस्यौदाले सुधारको संकेत समेत दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]