१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

प्रधानमन्त्रीको जवाफ होइन राजीनामा चाहियो : केपी ओली

Logo
प्रकाशित बुधबार, आषाढ २०, २०८०

काठमाडौं ,२० असार। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् ।

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेसहित प्रतिपक्षी दलहरुले आपत्ति जनाउँदै प्रधानमन्त्रीको राजीनामा मागेका छन् ।

बुधबार बसेको संघीय संसदको दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरुले प्रधानमन्त्रीको राजीनामा माग्दै बैठक नै अवरोध गरेका थिए ।

प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले संसदमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधीनताविपरीतको अभिव्यक्ति दिएकाले राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]