०३ भाद्र २०८२, बुधबार
20-08-2025 , Wed
×

अब सवारी लाइसेन्सको सबै काम अनलाइनबाटै

Logo
प्रकाशित बुधबार, आषाढ २०, २०८०

काठमाडौं,२० असार। सरकारले अबदेखि सवारी लाइसेन्सको नयाँ आवेदन, नवीकरण, राजस्व अनलाइनबाटै बुझाउन सकिने बताएको छ। आजदेखि गण्डकी प्रदेशको पोखराबाट सुरु भएको सेवा उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अरु प्रदेशमा पनि अनलाइन प्रक्रियाबाटै सवारी लाइसेन्सको काम गरिने जानकारी दिएका हुन्।

उनले एक महिनाभित्र देभभरका यातायात कार्यालयबाट अनलाइन सेवा सुरु गरिने बताए। ‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएलगत्तै यातायात व्यवस्था कार्यालयमा लाग्ने गरेको भीड र बिचौलियातन्त्र अन्त्य गर्ने अठोट गरेको थिएँ। लाइसेन्सका लागि नयाँ आवेदन, नवीकरण, सवारी वर्ग थप र राजस्व अनलाइनबाटै बुझाउने व्यवस्था गरेका छौं’, उनले भने।

अनलाइन सेवापछि यातायात व्यवस्था कार्यालयमा लाग्ने गरेको भीड र बिचौलिया प्रवृत्ति अन्त्य हुने उनले दाबी गरे। मन्त्रालयले सवारी चालक अनुमतिपत्रको नवीकरण, वर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनःआवेदन विद्युतीय माध्यमबाट गर्न सकिने व्यवस्था गरेको मन्त्री ज्वालाको भनाइ छ।

अनलाइन सेवा सुरु भएपछि यातायात व्यवस्था कार्यालयमा बायोमेट्रिक गर्न, लिखित परीक्षा र ट्रायल दिन मात्रै जानुपर्नेछ। ‘स्वास्थ्य परीक्षण पनि यातायात व्यवस्था कार्यालयसँगै प्रदेश मन्त्रालयले तोकेका चिकित्सकबाट पनि लिने व्यवस्था गर्न लागेका छौं’, विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने। नेपालमा झन्डै ३३ लाख ६० हजारले चालक अनुमतिपत्र लिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]