१८ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

अब सवारी लाइसेन्सको सबै काम अनलाइनबाटै

Logo
प्रकाशित बुधबार, आषाढ २०, २०८०

काठमाडौं,२० असार। सरकारले अबदेखि सवारी लाइसेन्सको नयाँ आवेदन, नवीकरण, राजस्व अनलाइनबाटै बुझाउन सकिने बताएको छ। आजदेखि गण्डकी प्रदेशको पोखराबाट सुरु भएको सेवा उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अरु प्रदेशमा पनि अनलाइन प्रक्रियाबाटै सवारी लाइसेन्सको काम गरिने जानकारी दिएका हुन्।

उनले एक महिनाभित्र देभभरका यातायात कार्यालयबाट अनलाइन सेवा सुरु गरिने बताए। ‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएलगत्तै यातायात व्यवस्था कार्यालयमा लाग्ने गरेको भीड र बिचौलियातन्त्र अन्त्य गर्ने अठोट गरेको थिएँ। लाइसेन्सका लागि नयाँ आवेदन, नवीकरण, सवारी वर्ग थप र राजस्व अनलाइनबाटै बुझाउने व्यवस्था गरेका छौं’, उनले भने।

अनलाइन सेवापछि यातायात व्यवस्था कार्यालयमा लाग्ने गरेको भीड र बिचौलिया प्रवृत्ति अन्त्य हुने उनले दाबी गरे। मन्त्रालयले सवारी चालक अनुमतिपत्रको नवीकरण, वर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनःआवेदन विद्युतीय माध्यमबाट गर्न सकिने व्यवस्था गरेको मन्त्री ज्वालाको भनाइ छ।

अनलाइन सेवा सुरु भएपछि यातायात व्यवस्था कार्यालयमा बायोमेट्रिक गर्न, लिखित परीक्षा र ट्रायल दिन मात्रै जानुपर्नेछ। ‘स्वास्थ्य परीक्षण पनि यातायात व्यवस्था कार्यालयसँगै प्रदेश मन्त्रालयले तोकेका चिकित्सकबाट पनि लिने व्यवस्था गर्न लागेका छौं’, विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने। नेपालमा झन्डै ३३ लाख ६० हजारले चालक अनुमतिपत्र लिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]