०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

मधेश प्रदेशः एक क्विन्टल ६८ केजी गाँजा बरामद

Logo
प्रकाशित बिहिबार, आषाढ २१, २०८०

वीरगञ्ज,२१ असार। बाराबाट प्रहरीले एक क्विन्टल ६८ केजी गाँजा बरामद गरेको छ ।

प्रहरीले बाराको कोल्हवी नगरपालिका–५ सोनाभार टोलमा रहेको जितेन्द्र चौधरीको घरबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

घरमा गाँजा लुकाई राखेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोली चौधरीको घर पुगेको थियो ।

घरमा कोही नभएको बेलामा स्थानीय जनप्रतिनिधिको रोहबरमा खानतलासी गर्दा घरको कोठामा लुकाई राखेको अवस्थामा एक क्विन्टल गाँजा बरामद गरेको बाराका प्रहरी प्रबक्ता डिएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

गाँजालाई ईलाका प्रहरी कार्यालय कोल्हवीमा राखिएको तथा घरधनी चौधरीको खोजी कार्य भइरहेको पाण्डेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]