१८ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

एसईईको नतिजा सार्वजनिक, कुन जीपीएमा कति?

Logo
प्रकाशित बिहिबार, आषाढ २१, २०८०

काठमाडौं,२१ असार।माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षामा २२ हजारभन्दा बढी विद्यार्थीले ३.६० देखि ४ जीपीए अंक ल्याएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार परीक्षाफल सार्वज्निक गरेको छ। जसमा ३.६० देखि ४ जीपीए अंक ल्याउने विद्यार्थी २२ हजार ४७५ जना रहेका छन्। यो ४.६३ प्रतिशत हो।

त्यस्तै, ३.२० देखि ३.६० जीपीए अंक ल्याउने विद्यार्थी ५५ हजार ६९ छन्। यो ११.३६ प्रतिशत हो।

यस वर्ष २.८० देखि ३.२० जीपीए अंक ल्याउने विद्यार्थीको संख्या ७२ हजार ३६२ पुगेको छ। यो १४.९२ प्रतिशत रहेको छ।

यसैगरी, ८९ हजार ३३१ विद्यार्थीले २.४० देखि २.८० जीपीए अंक ल्याएका छन्। यो १८.४२ प्रतिशत हो।

सबैभन्दा बढी २ देखि २.४० जीपीए अंक ल्याउने विद्यार्थी छन्। उनीहरूको संख्या एक लाख दुई हजार २९३ रहेको छ। यो कूल विद्यार्थीको २१.०९ प्रतिशत हो।

त्यस्तै, ८८ हजार ४४७ विद्यार्थीले १.६० देखि २ जीपीए अंक ल्याएका छन्। यो कूल विद्यार्थीको १८.२४ प्रतिशत हो।

एसईईमा १.२० देखि १.६० जीपीए अंक ल्याउने विद्यार्थीको संख्या पनि ३८ हजार ७७० रहेको छ। यो ७.९९ प्रतिशत हो।

यस वर्ष दुई हजार दुई सय विद्यार्थीले ०.८० देखि १.२० जीपीए अंक ल्याउका छन्। यो कूल विद्यार्थी संख्याको ०.४५ प्रतिशत हो।

यस वर्ष चार लाख ८४ हजार ९३९ विद्यार्थी एसईईमा सहभागी थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]