१८ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

Logo
प्रकाशित शनिबार, आषाढ २३, २०८०

मकवानपुर,२३ असार। मकवानपुरमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

आज बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम सडकखण्डमा दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नम्बरको ट्रक एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मृत्यु हुनेमा ना६ख ६६६७ नम्बरका ट्रक चालक चितवन राप्ती नगरपालिका– ८ का रिहान रुम्बा तामाङ, सहचालक गोरखा गण्डकी गाउँपालिका– २ गोर्दीटारका सुमन चेपाङ र ना६ख ६३१ नम्बर ट्रकका सहचालक मकवानपुर मनहरी– ३ का अमृत प्रजा रहेको प्रहरीले जनाएको छ ।

घाइते भएका चितवन राप्ती नगरपालिका– ३ का विवेक तमाङ र ना६ख ६३१ नम्बरको ट्रकका चालक मनहरी– ३ का अर्जुनकुमार प्रजाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

आगो लागेका ट्रक पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]