१८ पुष २०८२, शनिबार
03-01-2026 , Sat
×

सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

Logo
प्रकाशित शनिबार, आषाढ २३, २०८०

मकवानपुर,२३ असार। मकवानपुरमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

आज बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम सडकखण्डमा दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नम्बरको ट्रक एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मृत्यु हुनेमा ना६ख ६६६७ नम्बरका ट्रक चालक चितवन राप्ती नगरपालिका– ८ का रिहान रुम्बा तामाङ, सहचालक गोरखा गण्डकी गाउँपालिका– २ गोर्दीटारका सुमन चेपाङ र ना६ख ६३१ नम्बर ट्रकका सहचालक मकवानपुर मनहरी– ३ का अमृत प्रजा रहेको प्रहरीले जनाएको छ ।

घाइते भएका चितवन राप्ती नगरपालिका– ३ का विवेक तमाङ र ना६ख ६३१ नम्बरको ट्रकका चालक मनहरी– ३ का अर्जुनकुमार प्रजाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

आगो लागेका ट्रक पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]