१२ माघ २०८२, सोमबार
26-01-2026 , Mon
×

मिटरब्याजपीडित फेरि धर्नामा

Logo
प्रकाशित सोमबार, आषाढ २५, २०८०

काठमाडौं,२५ असार। मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि पुनः संघर्षका लागि काठमाडौं आइपुगेका पीडितहरूले नयाँ बनेश्वरमा धर्ना सुरु गरेका छन् ।

सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगायका जिल्लाका विभिन्न क्षेत्रका पीडित संगठित भएर काठमाडौं आइपुगेका हुन् ।

अध्यादेशसम्बन्धी नयाँ कानुन निष्क्रिय भएलगत्तैबाट उनीहरूले आआफ्ना जिल्ला सदरमुकाममा धर्ना र प्रदर्शन सुरु गरेका थिए । फेरि न्याय माग्दै उनीहरू शनिबार काठमाडौंका लागि हिँडेका थिए । पीडितले यससम्बन्धी कानुन छिटो पास गर्न माग गरेका छन् ।

संसद्को बैठक बस्न नसक्दा विधेयकलाई प्रतिस्पधापन गर्न बनेको विधेयक संसद्मा रोकिएको छ । सरकारले अध्यादेश जारी गरेको ६० दिनभित्र संसद्बाट प्रतिस्पधापन विधेयक पारित गरिसक्नु पर्ने भए पनि पछिल्लो दिन विपक्षी दलहरूले लगातार संसद् अवरोध गर्दा अध्यादेश निष्क्रिय हुन पुगेको हो ।

कानुन नै निष्क्रिय भएपछि दबाब दिन आएका करिब एक हजार पीडितमा अधिकांश महिला, जेष्ठ नागरिक छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]