२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

राष्ट्रिय सभा बैठक स्थगित

Logo
प्रकाशित सोमबार, आषाढ २५, २०८०

काठमाडौं,२५ असार। राष्ट्रिय सभा बैठक स्थगित भएको छ। आज सोमबार बिहान ११ बजे बस्ने तय भएको बैठक स्थगित भएको हो।

विशेष कारणवश बैठक स्थगित भएको जनाइएको छ।राष्ट्रिय सभा बैठक मंगलबार बिहान ११ बजे बस्नेछ।

केही समयदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै राष्ट्रिय सभा र प्रतिनिधि सभामा अवरोध गरिरहेको छ।

प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर एमालेले राजीनामा मागेको हो। प्रतिनिधि सभा र राष्ट्रिय सभाको अवरोध हटाउन प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]