१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

महिलालाई लुटपाट गर्ने दुई जना पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ २६, २०८०

कञ्चनपुर,२६ असार।कञ्चनपुरको कृष्णपुरमा रातको समयमा महिलालाई लुटपाट गर्ने दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कञ्चनपुरकै भीमदत्त नगरपालिका–१३ पिपरैया बस्ने अन्दाजी वर्ष २१ को दिपक चदारा र दोधारा चाँदनी–१ बस्ने वर्ष २२ को अर्जुन सुनार रहेका छन्।

यही असार २४ गते साँझ ७ बजेको समयमा कृष्णपुर नगरपलिका–२ पूर्व–पश्चिम राजमार्गमा सोही ठाउँकी वर्ष २१ की अनारकली चौधरी धान रोपी साइकलमा घरतर्फ मोबाइलको टर्च बाली आउँदै गर्दा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सु.प.प्र.०२००३ प ६५१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुले महिलालाई धक्का दिई रेडमी कम्पनीको मोबाइल लुटी फरार भएका थिए।

उनीहरुविरुद्ध चेक पोइन्ट थापी चेकजाँच गर्ने क्रममा उक्त घटनामा संलग्न रहेका उनीहरुलाई लुटिएको मोबाइल थान–१ ,खुकुरी थान–१ र मोटरसाइकल थान–१ सहित अस्थाई प्रहरी बिट भाँसीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]