१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

सत्ता पक्षका सांसदको प्रश्नः तीन जिल्लाको बजेट सच्चिएर आयो कि आएन?

Logo
प्रकाशित मंगलबार, आषाढ २६, २०८०

काठमाडौं,२६ असार। राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री डा प्रकाशशरण महतको जिल्लामा गएको बजेट सच्चिएर आएको हो वा होइन भन्दै प्रश्न गरेकी छन्।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले तीन जिल्ल्लामा गएको बजेट सच्चिएर नआएसम्म आगामी आर्थिक वर्षको बजेट सन्तुलित नहुने बताइन्।

उनले अहिलेको बजेट आशावादी बजेट नरहेको र आवश्यकता अनुसार नआएको दाबी गरिन्। सांसद राईले अहिलेको बजेट निर्वाचन क्षेत्र केन्द्रित रहेको र अर्को पटक आफैंलाई चुनाव जित्ने र मन्त्री बन्ने दाउमा मात्रै आएकाले बजेटबाट आशा गर्न नसकिने दाबी गरिन्।

राष्ट्रिय सभा सदस्य राईले जनताको अवस्था सरकार, नागरिक, किसान वा विदेशी कसले सोध्ने हो भन्दै प्रश्न गरिन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]