२२ पुष २०८२, बुधबार
07-01-2026 , Wed
×

मनिपाल एक्सप्रेसन कार्यक्रम जुलाई २२ देखि हुने

Logo
प्रकाशित बुधबार, आषाढ २७, २०८०

काठमाडाैं,२७ असार। मनिपाल शिक्षण अस्पतालले ‘मनिपाल एक्सप्रेसन कार्यक्रम ‘२०२३’ गर्न लागेको छ। एक्सप्रेसन कार्यक्रम जुलाई २२ बाट हुने प्रोग्राम सेक्रेटरी डा. राहुल गोइतले बताए।

उनले कोभिडले ग्रसित भएको मुहारमा यस्ता कार्यक्रमले उर्जा थप्ने बताए। कार्यक्रममा विभिन्न विधाअन्तर्गतमा खेलकुद, डान्स, व्यान्डको गायन, कविता, कथा लेखन, वादविवाद प्रतियोगितालगायत गतिविधि समावेश गरिने जानकारी दिए।

अस्पतालका निर्देशक डा. अभिषेक मास्केले दैनिकी काममा व्यस्त डाक्टरहरूलाई यो कार्यक्रमले जोड्न सफल हुने बताए। उनले कलिला मस्तिष्क र बालापन पछाडि छोडेका मनहरू एकीकृत गर्न एक्सप्रेसनबाट सफल हुने आशा पलाएको बताए।

अस्पतालका सिइओ अनिल ओडुविलले मनिपाल शिक्षण अस्पतालले हरेक वर्षजस्तै यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिन लागेको जानकारी दिए। कोभिडका कारण केही असहज भए पनि अब फेरि पुराना कार्यक्रमलाई सुचारु गर्न लागिएको उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]